स्वेच्छिक अवकाश

शोभा शाह

जीवनका अध्याय धेरै हुन्छन् ।आज नौकरीको अध्याय पूरा भएकाे छ । तीस(३०) बर्षे जागिरे जीवन आज औपचारिक रूपमा समाप्त गरेकाे छु । सर्वप्रथम त सबै प्रति कृतज्ञ छु, आभार व्यक्त गर्दछु ।

सरकारी जागिर, त्यसमा पनि आफ्नाे रुचि र चाहना बाेकेकाे कार्यक्षेत्र कहिलै थकान लागेन बरू सेवा नदिएकाे क्षण कष्टकर लाग्थ्याे तर कर्ममा कहिलै थकान लागेन । नियम र कानुनकाे परिधिभित्र रहेर यथासक्य सेवाग्राहीकाे सेवा गर्न पाउँदा आनन्द मिल्थ्याे ।

जागिरकाे दाैरानमा हिमाल, पहाड र तराई गरि ८ वटा जिल्लामा (राेल्पा, रूपन्देही, बर्दिया, डाेटी, बाँके, स्याङ्जा, बाँके, जुम्ला, मकवानपुर र पुन: बाँके) मा काम गरे पनि अलि बढी बसाई भने बाँकेमा नै रह्यो ।

आज नेपालगन्ज उप- महानगरपालिकाबाट स्वऐच्छिक अवकास लिएकाे छु । देवता समान सेवाग्राही मेरा साक्षात भगवान हुन् जस्ले मलाई सदैव सत्कर्म गर्न उत्प्रेरित गरिरहे । मेरा अग्रज जसले सहि निर्देश र दिशा देखाईरहनु भयाे हार्दिक नमन गर्दछु । मेरा सहपाठी र सहकर्मी कहिलै साथ छाेड्नु भएन, आभारी छु । विभिन्न जिल्लामा बस्दाका सहयात्री सरकारी तथा गैर सरकारी निकायका व्यक्तित्वहरू सधैं हाेष्टेमा हैसे गर्न आउनुहुन्थ्याे वहाँहरू प्रति कृतज्ञ छु । साँच्चिकै भन्नू पर्दा यति धेरै समय व्यतित भएकाे पत्तै भएन ।

स्वेच्छिक अवकास धेरै रहर थियाे केही कहर थियाे भने थाेरै बाध्यता थियाे । मान्छे हुँ सदैव भगवान बन्न सकिन हुँला, कसैकाे चाकडी, चाप्लुसी चम्चागिरी बन्न सकिन हुँला, कसैका अभिष्ट अभिलाषा पूरा गर्न सकिन हुँला, कसैकाे मपाईँत्वमा म थप्न सकिन हुँला तर कसैलाई बिगार्ने चेष्टा गरिन र बिगारिन पनि । तर म आज साँच्चै खुशी छु स्वतन्त्र पंछी सरह आकासमा उड्न पाउँदा ।

जागिर सदैव रहने हाेईन कसैकाे पनि, आँखिर छाेड्न पर्छ नै । त्यसैले सरकारी जागिरबाट बाहिर रहेर सेवा गर्ने चाहना स्वरूप बाहिरिएकाे मात्र हुँ । हाम्रो गाउँ, टोल, बस्ती देश र बिश्व विकासका लागि थाेरै मात्र भए पनि केही दिन सकाैँ, अझै सद्भाव, आत्मियता र मानवता रूपी कडीबाट उक्लदै सहकार्य गर्न सधैं तत्पर रहने बाचा गर्दै जागिरबाट पुर्ण बिराम लिएकाे जानकारी गराउँदछु ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech