६ प्रश्नमा देवीराम बडुवाल

देवीराम बडुवाल उपाध्यक्ष, ठाँटीकाँध गाउँपालिकाका, दैलेख

१. तपाईको जीवनको आर्दश के हो ?
– समाज सेवा नै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– मेरो बुवाको उत्प्रेरणाका साथै म आफु स्वयं पनि सानै देखी प्रजातान्त्रिक र समाजसेवामा क्रियाशिल भएकाले यहाँ सम्म आईपुगेको छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– समाजमा रहेका नागरिकहरुको सुख दुःख सुन्ने, उहाँहरुको समस्या समाधान गर्नलाई आफुले सकेको सहयोग गर्ने काम गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?

सानोमा बिद्यालय जाँदा आउँदा बाटोमा खोला पर्ने भएकाले हामी पौडी खेल्ने गर्दथ्यौं सोही क्रममा एकजना दाई डुब्नु भयो । त्यसपछि हामी डराएर भाग्न थाल्यौं तर भाग्यबस उहाँ खोला वारी उत्रिनु भयो । पछि उहाँले हामी सँग मलाई बचाउन छोडी किन भागेको भनेर गुनासो गरेपछि हामीमा चेतना आयो र हामी बाट गल्ति भएको महशुस गरी घर फर्किएका थियौं । त्यो नै मेरो जिवनको अबिश्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
भ्रष्टाचार रहित समाज, बिकास र परिबर्तननै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
संस्थागत र ब्यक्तिगत रुपले सबै नागरिकहरुको हक हितको लागि आफुले गर्न सक्ने काममा सँधै लागिरहने मेरो प्रतिबद्धता छ ।

– माधव कार्की

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech