सामाजिक अभियन्ता लालमणि भण्डारीको निधन, बास नेपालद्वारा शोक प्रकट

असल शासन प्रतिनिधि

बाँके/ सामाजिक अभियन्ता लालमणि भण्डारीको बुधबार राती निधन भएको छ । केही बर्ष देखि उच्च रक्तचाप, प्यारालाईसिस रोगबाट पीडित भण्डारीको बुधवार निज निवास कोहलपुरमा निधन भएको हो ।

हिन्दु परम्परा अनुसार असोज ७ गते बिहिवार भण्डारीको अगैया घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

सामाजिक अभियान र बाँके स्थित गैससहरुको संस्थागत बिकासका लागि महत्वपूर्ण योगदान दिनुभएका भण्डारी बाँके स्थित सामाजिक सचेतन सरोकार मञ्च (स्याक), मानव अधिकार सचेतन मञ्च (एफा) को पूर्ब अध्यक्ष, सामाजिक बिकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) को संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । वहाँ बिभिन्न सञ्जालहरुमा आवद्ध हुनुहुन्थ्यो ।भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपालले शोक बक्तव्य प्रकाशन गर्दै बाँके जिल्लाका अग्रज सामाजिक अभियन्ता भण्डारीको निधनबाट बास नेपाल परिवार मर्माहत बनेको उल्लेख गरेको छ ।

जारी शोक बक्तव्यमा भनिएको छ –सिएसडिआर संस्था मार्फत दुई दशक बढि समय देखि क्रियाशिल भण्डारीले अधिकारमुखि अवधारणाका माध्यमबाट भुमी अधिकार लगायतका क्षेत्रमा पुर्याउनु भएको योगदानको बास नेपाल उच्च कदर गर्दछ । अभियानुमखी सामाजिक अभियन्ताको छवि बनाउनु भएका भण्डारी गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको कोषाध्यक्ष हुनुहुन्थ्यो ।

साधा जीवन, उच्च बिचारका धनी भण्डारीको निधनबाट बाँके र सिंगो नेपालको गैसस, सामाजिक क्षेत्रले एक असल सामाजिक अभियन्ता गुमाएको महसुस हामीले गरेको छौं । वहाँको अभाव यस क्षेत्रलाई सधैं खड्किरहनेछ – बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहद्वारा जारी बक्तव्यको अन्तमा भनिएको छ –यस दुःखद घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं ।

  • ७ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech