काँरकाँदोमा जनप्रतिनिधिहरुसँग अन्तरसम्वाद

असल शासन प्रतिनिधि

नेपालगञ्ज /नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्बर १८ का जनप्रतिनिधि र नागरिकहरु बिच अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

अकाउण्टबिलिटि ल्याव र बासको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अन्तमा सात बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा लग्दहवा माध्यामिक विद्यालयमा माटोपटान गरि विद्यालयको खेलमैदान ब्यवस्थित गरि डुवान न्यूनिकरण गर्ने, प्रत्येक महिनामा वडा कार्यालयका गतिविधि तथा कार्यक्रमहरु सार्वजनिक गर्ने, वडाको सेवा सुविधा प्रभावकारी बनाउने, दुर्गा माताको मन्दिर व्यवस्थापन गर्ने, स्वास्थ्य चौकीको सेवा प्रभावकारी र पारदर्शी बनाउने, पुराना विग्रेका सडक वत्ती मर्मत गरि संचालनमा ल्याउने, समसान घाट कबरस्थान स्थापना गर्न पहल गर्ने, ज्योति प्रसाद श्रेष्ठको घर देखी भरत विष्टको घर सम्मको बाटो चौडा, ग्राबेल, ढल निकास गर्ने रहेका छन् ।

कार्यक्रममा सहभागि नागरिकहरुले बिकास निर्माण, लागु औषध नियन्त्रण, चोरी निकासी नियन्त्रण लगाएतका बिषयमा प्रश्न गरेका थिए भने वडा अध्यक्ष दिपक कुमार वर्मा, वडा सदस्यहरु दिग्विजय ढुङ्गाना, आशा शाही, बुद्धिलाल चमार, कृष्णवती चमार, वडा सचिव मनोज कुमार रिजालले उत्तर दिएका थिए ।

कार्यक्रममा एक सय बढिको सहभागिता थियो । कार्यक्रमको उद्देश्य तथा परियोजनाको वारेमा बासका कार्यकारी निर्देशक तथा परियोजनाका जिल्ला संयोजक नमस्कार शाहले जानकारी गराएका थिए, सार्वजनिक प्रतिवद्धताको घोषणा सामुदायिक अगुवा समन्वयकर्ता छविलाल सुनारले गरेका थिए भने कार्यक्रम संचालन सामुदायिक अगुवा समन्वयकर्ता रबिन्द्र बोहोराले गरेका थिए ।

  • २२ माघ २०७५, मंगलवार प्रकाशित

  • Nabintech