राजापुरका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियाको राजापुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा शुक्रबार सो तालिम सम्पन्न भएको हो ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, स्ब्यवस्थापकीय आयाम, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीेले स्वागत गरेका थिए ।

तालिमको समापन सत्रमा बोल्दै नगरपालिकाका प्रमुख दिपेश थारुले तालिमबाट जनप्रतिनिधि र कर्मचारीलाइ काम गर्ने थप उर्जा थपिएको बताए । जनतालाई खुसी बनाउने गरी जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्ने थारुको भनाइ थियो ।

नगर प्रमुख थारुले तालिमको माध्यामबाट पालिकाले गर्नुपर्ने काम र स्थानीय सरकार सञ्चालनको विषयमा थप जानकारी भएको बताएका थिए । नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले तालिमबाट स्थानीय सरकार सञ्चालन संग सम्बन्धित बिभिन्न कानुनी कुराहरुको वारेमा थाहा भएको बताउदै तालिमबाट क्षमता विकास भएको बताइन् ।

पालिकाको सिमित स्रोतबाट असिमित काम गर्नुपरेको बताउदै तालिमबाट योजना तर्जुमा गर्ने सिपको वारेमा थप जानकारी भएको उन्को भनाइ थियो । तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए ।

तालिममा नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, बिद्याल ब्यवस्थापन समितिका अध्यक्ष, बिद्यालयका प्रधानाध्यापक लगायत ७० जनाको सहभागिता रहेको थियो ।

  • ४ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech