रुपन्देही । दाङबाट काठमाडौं हिँडेको बस रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डीमा दुर्घटना भएको छ ।
रा १ ख २७८३ नम्बरको बस गएराति ११ बजेर ५० मिनेटमा सालझण्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएर दूर्घटना भएको थियो । दुर्घटनामा परि ४३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले दिएको जानकारी अनुसार दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएका छन् भने बसका सहचालक गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई बुटवलको चौराहा अस्पताल, एडमनसिटी अस्पताल बुटवल र हिराचन्द्र अस्पताल सालझण्डीमा उपचारका लागि लगिएको प्रहरीले जनाएकोछ । सामान्य घाईते उपचार पछि डिस्चार्ज भैसकेका छन् भने गम्भिर घाईतेहरुको उपचार भइरहेको जनाईएको छ ।