कैलाली । घोडाघोडी नगरपालिका कैलालीले बास नेपालाई सम्मान गरेको छ ।
घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने अभियानमा पुर्याएको योगदानको कदर गर्दै जेष्ठ ३० गते पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा उक्त सम्मान गरेको हो ।
कार्यक्रमका बिच बास नेपाल घोडाघोडी उपशाखाका अध्यक्ष इन्दु केसीलाई दोसल्ला र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । बास नेपालले युनिसेफ नेपालको सहयोगमा घोडाघोडी नगरपालिकामा सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रम मार्फत खोप अभियानमा सहयोग गरेको थियो ।