सुवाले गरिन् आत्महत्या

अशोक रावल

नेपालगञ्ज / २७ वर्षिय सुवा अधिकारी राँझा एयरपोर्ट चोक नजिक पीपलको रुखमा झुण्डिएको अवस्थामा फेला परेकि छन् ।

आईतवार राती उनी झुण्डिएको अबस्थामा फेला परेको स्थानीयले बताए ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नं १० निवासी सुवा विगत एक हप्ता देखि नेपालगन्जको राँझा पेट्रोल पम्प स्थित नाम नलेखिएको होटलमा बस्दै आएकी थिईन् ।

कञ्चनपुर जिल्ला बेलडाडी गाउँपालिका वार्ड न १ की रेखा चन्द नेपालगन्ज राँझा चोक होटलमा बस्दै आएकी थिइन् ।

जानकारी अनुसार, साथी रेखाको देब्रे हातको शल्यक्रिया गर्नु पर्ने भएकाले अस्पतालमा कुर्नु नेपालगञ्ज आएकी सुवा गए राति १२ बजे होटल बाट निस्किए थिईन् । ४ वर्षकी छोरी रेजिनाले आमा भनेर रोएको हुँदा रेखा र होटल मालिक खोज्दै जाँदा होटल नजिक रहेको पीपलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको बताईएको छ ।

छोरीका अनुसार, आमा सुवा मोबाइलमा कसैसँग कुरा गर्दै, झगडा गर्दै निस्केकी थिईन् ।

सुवाका श्रीमानले पनि कहीं समय अघि आत्महत्या गरेका साथी रेखाले जानकारी दिएकी छिन् ।

आत्महत्या भनिए पनि घटना स्थलको अबस्था हेर्दा घटना शंकास्पद रहेको बताईएको छ ।

  • ११ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech