यातायात व्यवस्था बिभाग र कार्यालयसँग सूचना माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ यातायात व्यवस्था बिभाग अन्र्तगत रहेका यातायात व्यवस्था कार्यालयहरुबाट दिईने सवारी चालक अनुमति पत्रको हकमा नबिकरण गर्दा ५ बर्षको लागि गरिन्छ । नियमानुसार ६० बर्ष उमेर पुगेका व्यक्तिहरुको अनुमति पत्र नबिकरण गर्न मिल्दैन ।

सोही प्राबधान बमोजिम ५६ बर्ष देखि ५९ बर्ष उमेर पुगेका व्यक्तिहरुको अनुमति पत्रको अवधि ५ बर्ष अगाडी सकिएको हकमा उक्त अनुमति पत्र नविकरण नहुँदा सो उमेरका व्यक्तिहरु रोजगारीबाट बञ्चित हुँदै आएका छन् ।

सोही बिषयमा केन्द्रीत भएर यातायात व्यवस्था बिभाग अन्र्तगत रहेका यातायात व्यवस्था कार्यालयहरुबाट दिईने सवारी चालक अनुमति पत्रको बिषयमा सूचना माग गरिएको छ ।

नेपालगञ्ज– १२ बाँके निवासी नमस्कार शाहले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम यातायात व्यवस्था बिभागको कार्यालय काठमाण्डौं र यातायात व्यवस्था कार्यालय नेपालगञ्जसँग सूचना माग गरेका हुन् ।

शाहले यातायात व्यवस्था बिभाग अन्र्तगत रहेका यातायात व्यवस्था कार्यालयहरुबाट दिईने सवारी चालक अनुमति पत्रको हकमा नबिकरण गर्दा ५ बर्षको लागि गरिदै आएकोमा कति उमेरसम्मका व्यक्तिहरुको अनुमति पत्र नबिकरण गर्ने गरिएको छ ? सो को जानकारी मागेका छन् ।
यसैगरी ६० बर्ष उमेर पुगेका व्यक्तिहरुको अनुमति पत्र नबिकरण गर्न नमिल्ने कानुनी प्राबधान हो भने ५६ बर्ष देखि ५९ बर्ष उमेर पुगेका व्यक्तिहरुको अनुमति पत्रको अवधि ५ बर्ष अगाडी सकिएको हकमा उक्त परिचय पत्र नविकरण हुने, नहुने बारेको जानकारी शाहले माग गरेका छन् ।

शाहले बिभागसँग सवारी साधन चलाएरै जीवन गुजारा गरिरहेका व्यक्तिहरुलाई पर्न जाने असुबिधा र अन्याय प्रति बिभागले के गर्ने गरेको छ ? सो बारे जानकारी समेत मागेका छन् । यसैगरी कार्यालयसँग शाहले सोही प्रकृतिको सूचना माग गरेका छन् ।

  • १३ असार २०८१, बुधबार प्रकाशित

  • Nabintech