बाँके/ प्राचिन स्मारक सहित ३ जना ब्यक्तिहरु पक्राउ गरेका छन् ।
राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका रुपन्देही तिलोतमाका वडा नं. ११ का ५० बर्षिय खिम बहादुर कुवर, बर्ष ५० का रामु न्यौपाने, दाङ घोराही उ.म.न.पा. वडा न. १५ निवार्सी ५८ बर्षिय निम बहादुर कुवर पक्राउ परेका हुन् ।
प्रहरीले निजहरुको खानतलासी गर्दा निज खिम बहादुर कुवँरले पछाडी बोकेको खैरो रङको झोला खोली हेर्दा ओम नम : शिवाय लेखिएको तुल (रुमाल) मा बेरी लुकाई राखिएको पिधको गोलाई १ फिट ६ ईन्च, पिध देखि शिरको टुप्पो सम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेलो रङको धातुको जस्तो बुद्धको मुर्ति रहेको, सोही झोलाको बुद्धको मुर्ति भएको स्थानमा ८ ईन्च लम्बाई कटर थान १, ८ ईन्च लम्बाई भएको पिलास थान १, ८ ईन्च लम्बाई भएको फलामको रेति थान १, र निज खिम बहादुर कुवरको साथमा रहेको भारतिय सिमकार्ड थान १ सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको छ ।