सिखनपुरुवामा प्रहरी र स्थानीयबासी बिच झडप

प्रहरीले चलायो तीन राउण्ड गोली

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको डुडुवा ६ सिखनपुरुवामा प्रहरी र स्थानीयबासी बिच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय हिरमिनियाँबाट खटिएको टोलीले फरार प्रतिबादी सरमान सिंह सरदारलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासी बिच झडप भएको हो ।

बाँके जिल्ला अदालतबाट २०७० असार १८ गते डाँका चोरी मुद्धामा ६ बर्ष कैद सहित १२ हजार जरिवाना तोकिएकाले फरार रहेका सरदारलाई पक्राउ गर्न बिहिवार बिहान साढे ८ बजे प्रहरी सो गाउँमा पुगेका थियो ।

सरदारलाई पक्राउ गरि ल्याउने क्रममा स्थानीयबासीले अवरोध गरि ढुँगामुडा प्रहार गरि सिंहलाई प्रहरी नियन्त्रणबाट खोसेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ३ राउण्ड गोली फायर गरेको थियो । सो क्रममा ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार मदन डाँगीको टाउको र बायाँ हातमा चोट लागेको छ ।

प्रहरीको हतियार खोस्न प्रहरी माथिनै जाई लाग्ने ३० बर्षिय नानक सिंह शिखको दायाँ खुट्टाको साप्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

झडपकै क्रममा प्रहरीले फरार प्रतिबादी सिंहलाई आघा घण्टा पछि नियन्त्रणमा लिएको छ । नियन्त्रणको क्रममा निजको दाहिने घुँडामा १ राउण्ड गोली लागेको छ । घाईत प्रहरी सहित तीनै जनाको भेरी अस्पतालमा भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहको छ ।

  • २२ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech