नेपालगञ्ज उपमहानगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज ̸ नेपालगञ्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा यस आर्थिक बर्षको अन्तिम सार्बजनिक सुनुवाई नेपालगञ्ज उपमहानगरपालिकाले शनिबार सम्पन्न गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका भित्रका सबै वडाबाट प्रतिनिधत्व हुने गरी उपस्थित २०० सहभागीहरुका साथ सञ्चालन भएको सार्बजनक सुनुवाई कार्यक्रमको खुल्ला छलफलमा सहभागीहरुले सुर्खेत रोडमा रिक्सा ब्यवस्थापन हुन नसकेको, नगरभित्र लागु औषध दुब्र्यहसनीको संख्या बढ्दै गएको, पालिका भित्र निर्माण भएका योजनाहरुको अनुगमन नहुने गरेको, बिभिन्न स्थानमा अब्यवस्थित बसपार्क भएको, धार्मिक स्थलहरुको सौन्दर्यकरण बिग्रदै गएको, सार्बजनिक सुनुवाई नियमित नहुने गरेको, कृषि सामाग्री मलखादको ब्यवस्था गर्न नसकेको, पालिका भित्रका सरकारी बिद्यालयहरुको शिक्षाको गुणस्तर खस्कदै जाँदा पनि त्यता तर्फ ध्यान दिन नसकेको, छाडा चौपायाको ब्यवस्थापन हुन नसकेको, नगरभित्रका बिभिन्न सडकहरु बर्षा याममा हिलाम्मे हुँदा सम्म पनि ति सडकहरुको स्तर उन्नती तर्फ स्थानिय सरकारले ध्यान दिन नसकेको लगायतका गुनासोहरु राखेका थिए ।


झण्डै ३ घण्टा सम्म चलेको खुल्ला छलफल कार्यक्रममा सहभागीहरुले प्रश्न राखेका प्रश्नहरुको जवाफ प्रमुख सराकारवाला ब्यक्तिहरु नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २का अध्यक्ष मनोज श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष भुपाल पुन र वडा नम्बर ९ का अध्यक्ष गोबिन्द प्रशाद रेग्मीले दिएका थिए ।


खुल्ला छलफल पश्चात ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषणा गरिएको छ भने ति प्रतिबद्धताहरुमा आगामी आर्थिक बर्ष देखी बर्षको तिन पटक सार्बजनिक सुनुवाई अनिबार्य रुपमा जेठ भित्र सम्पन्न गर्ने, सार्बजनिक सुनुवाइमा सम्पुर्ण वडाध्यक्षहरुलाई उपस्थित हुन उपमहानगरपालिका बाट निर्देशन गर्ने, टिनको छानामुनी रहेका सबै बिद्यालयहरुलाई टिन मुक्त गरी पक्कि बनाउने, शौचालय र शुद्ध पिउने पानी नभएका बिद्यालयहरुमा सो को ब्यवस्था गर्ने, आगामी आर्थिक बर्षको बजेटको मर्मत संभार कोषबाट नेपालगञ्ज उपमहानगरपालिका भित्रका भत्किएका स्थानिय सडकहरु मर्मत गर्नुको साथै ट्राफिक लाईट एकमहिना भित्र सञ्चालनका लागि आबश्यक समन्वय गर्ने, नेपालगञ्ज उपमहानगरपालिका भित्रका कच्चि सडकलाई आउँदो बजेट बाट स्तर उन्नती गरेर लैजाने, उपमहानगरपालिका भित्रका धार्मिक स्थलहरु बागेश्वरी मन्दीर, मस्जिद, गुम्बा लगायत सबैको सौन्दर्यकरण गर्नुका साथै सडकमा भएका खाल्डा खुल्डीलाई ब्यवस्थापन गर्ने रहेका छन् ।


बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा सार्बजनिक सुनुवाई कार्यक्रमको उद्धेश्यमाथि प्रकास पारेको कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले नागरिक अभिमत र बर्हिगमन अभिमत प्रस्तुत गरेका थिए । सार्बजनिक सुनुवाई कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • २३ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech