बेपत्ता पुरुषको शव फेला

ईन्द्रा कुमारी केसी

बेपत्ता पुरुषको शव फेला

घोडाघोडी (कैलाली), २८ असार/ कैलालीको घोडाघोडी नगरपालिका स्थित डोडा नदिमा एक पुरुषको शव फेला परेको छ ।

घोडाघोडी नगरपालिका १ बेलारका ६० वर्षिय मान बहादुर धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख दिपेन्द्र सिंह पालले जानकारी दिए ।

पालका अनुसार यहि असार २६ गते आफन्तको घर जान भनी हिडेका धामी नदिले बगाएर बेपत्ता भएका थिए ।

बेपत्ता भएका धामीको खोजीका लागि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक दिर्घ बहादुर साउदको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान घोडाघोडी नगरपालिका १ सितानगर स्थित डोडा नदिको बिचमा रुखमा अड्किएको अवस्थामा धामीको शव फेला परेको पालले जानकारी दिए ।

  • २९ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech