खजुरामा सात बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

खजुरा/ खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा यस आ.ब.को तेस्रो सार्वजनिक सुनुवाइ २०८१ असार ३१ गते सम्पन्न भएको हो ।
बिकास निर्माण, सार्वजनिक सेवा प्रबाह लगायतका बिषयमा सहभागिहरुले सुनुवाईमा सोधेका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष डम्वर बहादुर बि.क., उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना लगायतले दिएका थिए ।

सुनुवाइको अन्तमा ७ बुँदे सार्वजनिक प्रतिबद्धता जारी भएको छ । जारी भएका प्रतिबद्धताहरुमा खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरको नियुक्तिका लागि संघिय सरकारसँग माग भईसकेकोमा आर्थिक बर्ष २०८१, २०८२ को पहिलो चौमासिक भित्र डाक्टर सहितको सेवा प्रबाह सुचारु गर्न आवश्यक पहल गर्ने, खजुरा गाउँपालिकालाई खेलकुदका लागि उर्वर क्षेत्रको रुपमा बिकसित गर्दै आगामी आ.ब.मा खेलकुदमा थप लगानी बढाउने तथा खेलकुद ग्रामको हल मर्मत तथा व्यवस्थापन गर्ने, बिपद प्रभावित परिवारलाई भुक्तानी हुनुपर्ने रकम हाल सम्म समेत केही परिवारलाई भुक्तानी नभएको पाईएकाले एक महिना भित्र भुक्तानी हुन बाँकी रकम सम्वन्धित व्यक्तिको खातामा निकाशा गर्ने, गाउँपालिका भित्र सञ्चालित गौरवका योजनाहरुको काम छिटो, छरितो रुपमा सम्पन्न गर्न आवश्यक पहल गर्ने, खजुरा ग्रिनसिटि परियोजनालाई प्राथमिकिकरणमा राखेर काम गर्ने रहेका छन् ।

यसैगरी घोषणा गरिएका अन्य प्रतिबद्धताहरुमा खजुरामा बिद्युत सबस्टेशनको काम यथासक्य सञ्चालन गरि दुई बर्ष भित्र सम्पन्न गर्ने, भानु माबिको अधिनमा रहेको भवन व्यवीथापन गरि कम्प्युटर शिक्षालयको रुपमा बिकास गर्ने, गाउँपालिकाले तयार गरेको प्रतिबेदन तथा तथ्याँकहरुलाई आधिकारिक रुपमा प्रमाणित गरेर मात्रै सार्वजनिक गर्ने, वडा नम्वर ३ आदर्शटोलमा नाला निर्माण गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारि रुपमा सञ्चालन गर्ने रहेका छन् ।

प्रतिबद्धतामा गाउँपालिका अध्यक्ष डम्वर बहादुर बि.क., उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना, वडा नम्वर २ का अध्यक्ष धनराम ओली, वडा नम्वर ३ का वडाध्यक्ष पूर्ण बहादुर भण्डारी, वडा नम्वर ४ का वडाध्यक्ष टेक बहादुर रोका, वडा नं ५ का वडाध्यक्ष गरिबे शेष, कार्यपालिका सदस्य कृष्णा कुमारी पोख्रेल लगायत शाखा प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

  • ३२ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech