सडक बिभागसँग ट्राफिक लाईट बारे सूचना माग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज स्थित रत्न राजमार्ग अन्तर्गत कोहलपुर जमुनाह सडक खण्डमा राखिएका ट्राफिक लाईटहरु अलपत्र अवस्थामा छन् ।

बढ्दो सहरिकरणसँगै दिनादिनु समस्याको बिषय बनेको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि जडान गरिएका ट्राफिक लाईटहरु शुरु नहुँदै बल्न छाडेका थिए । केही दिन यता बिना नियन्त्रण रातदिन बलिरहेका छन् ।

नेपालगन्जमा ट्राफिक लाइट जडानको शुभारम्भ भएको थियो । ट्राफिक लाइटको गत माघमा परीक्षण भैसक्दा पनि हाल सम्म सञ्चालनमा आउन सकेका छैनन् ।

यस बिषयमा नेपालगञ्जका २ जना युवाहरुले सडक बिभाग बबरमहलसँग सूचना माग गरेका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम बास सम्बद्ध नेपालगञ्ज १२ का नमस्कार शाह र माधव कार्कीले ईमेल र हुलाक मार्फत सूचना माग गरेका छन् ।

सूचना मागकर्ताहरुले रत्न राजमार्ग अन्तर्गत नेपालगञ्जको कोहलपुर जमुनाह सडक खण्डमा राखिएका ट्राफिक लाईट जडान गर्दा लागेको कुल खर्च बिबरण माग गरेका छन् भने सूचना मागकर्ताहरुले २०७९ भदौ २९ गते शिलान्यास गरेको ट्राफिक लाईट जडान कार्य पुरा भई गत माघमा परीक्षण भईसक्दा समेत हाल सम्म सञ्चालनमा आउन नसक्नुको कारण र. जडान गरिएका ट्राफिक लाईटहरु सञ्चालनमा आउने मिति माग गरेका छन् ।

 

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech