दाङ, ११ साउन/संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारको भनाई छ । असंख्य गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले झ्याप्प मन मस्तिष्कमा राख्न सकुन भनेर लय अत्यन्तै सरल र सहज बनाइएको छ र अर्को कुरा यो गीतको लय स्रोता र पाठकले सजिलै गुनगुनाउन सकुन भन्ने उदेश्यले नै गरिएको हो । यो गीतमा चलनचल्तीका शृंगार लगाउदैमा मैले के गल्ति गरे भनेर आफ्ना मनका भावहरु पोखिएको छ । के यी शृंगारहरु लगाउदैमा नक्कली भइन्छ र ? के यी कसैले नलगाएका शृंगार हुन र भन्दै आफ्ना संगी साथीलाई सोधिएको भाव यस गीतमा झल्किएको छ।
गीतलाई सुष्मा ग्रेसले मिठासपूर्ण शैलीमा आवाज दिनु भएको छ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले लय भर्नु भएको छ भने गीतलाई सन्तोष सुनामले एरेन्ज गर्नु भएको छ । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गर्नु भएको छ भने चर्चित मोडेल अन्जली अधिकारी र करिश्मा ढकालले अभिनय गर्नु भएको छ ।
लमहीमा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी प्रिया स्मृती गजमेरका शब्दमा आधुनिक र लोक गीत पनि बजारमा आइसकेका छन । छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीले आवाज दिनु भएको छ । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिनु भएको छ भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वर्णकार र विशाखा शाहीले आवाज दिनु भएको छ ।