नेपालगन्ज । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ खासकुष्माको चुना बस्तिका ५० जना महिलाहरुलाई स्वास्थ्य सुरक्षाका लागि निशुल्क फ्रिडम किट ब्याग वितरण गरिएको छ ।
फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा वालिकाकालागि महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन कार्यक्रम अन्तरगत महिनावारीको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्य र स्च्छताका लागि रियुजेवल किट ब्याग साउन १६ गते वितरण गरिएको हो ।
महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेटेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको थियो । तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ ।
किट ब्याग गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाहले अभिमुखिकरण गरेका थिए ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा उद्धेश्य माथि प्रकाश बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । वितरण कार्यक्रममा बोल्दै बागेश्वरी वाल आश्रमका सञ्चालीका तारा वलीले निकै न्यून सख्यामा सरकारी तथा गैर सरकारी संस्थाको उपस्थिती रहने उक्त समुदायमा पुगेर फ्रिडम किट ब्याग वितरण गर्ने संस्थालाई अन्यबाद ज्ञापन गरिन । उनले महिलाहरुका लागि निकै उपयोगी रहेको किट ब्यागको पूर्ण रुपमा प्रयोग गर्न अनुरोध गरिन । स्थानीय महिलाहरुलाई महिनावारी भएको समयमा निकै समस्या पर्ने गरेको बताउदै वितरणले उनीहरुको समस्या समाधान हुने बताईन् । वितरणको क्रममा बोल्दै सहभागिहरुले महिनावारी स्वच्छताका बिषयमा पहिलो पटक जानकारी पाएको प्रतिक्रिया दिएका थिए । उनीहरुले पहिले देखि नै चलीआएको कुरालाई निरन्तरता दिदै आएका थियौ आजको अभिमुखिकरण पछि महिनावारी के हो, महिनावारी भएको समयमा के गर्ने के नगर्ने, स्वच्छता लगायतका बिषयमा खुलेर कुरा गर्नुपर्ने महशुष भएको बताए । उनीहरुले सिकेको कुरालाई आफ्नो ब्यवहारमा लागु पर्ने र घरमा समेत सो बारेमा जानकारी गराउने प्रतिबद्धता गरेका थिए । फ्रिडम किट ब्याग प्राप्त गरे पछि महिनावारीको समयमा हुने मानसिक तनाव कम हुने उनीहरुको भनाई थियो । कार्यक्रममा स्थानीय ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।