नेपालगन्ज । नाइस नेपालगन्जको तेस्रो अधिबेशनले पुनः हेमराज भट्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
आज नेपालगन्जमा भएको अधिबेशनबाट अध्यक्ष भट्ट सहित सबै कार्यसमिति सर्वसम्मत चयन भएको हो । सर्व सम्मत समितिको उपाध्यक्षमा शोभा थापामगर, सचिबमा कमल शाही, सह सचिबमा माधब कुमार कार्की र कोषाध्यक्षमा राष्टि बुढा मगर रहेका छन् । यसैगरी कार्यसमितिको सदस्यमा क्रमशः मन भण्डारी, तपेन्द्र बहादुर मलाती, शुद्ध प्रशाद चौधरी, रमिता शाह, लोक बहादुर घर्ती, जानकी बिक, सुमन पनेरु र मिना घर्ती मगर रहेका छन् । नब निर्वाचित समितिले आज नै आफ्नो पद तथा गोपनियताको सपथ लिएर जिम्मेवारी सम्हालेको छ ।