बुढा मगरलाई दश हजार सहयोग

जन्मदिनमा कल्पनाले गरिन् सहयोग

असल शासन प्रतिनिधि

बाँके/ दुबै मृगौलाले काम गर्न छाडेर उपचार गराईरहेका बैजनाथ गाउँपालिका १ निवासी गणेश बुढा मगर सहयोगको याचना गरिरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएपछि उनको परिवार सहयोगको खोजी गरिरहेको छ ।

उपचारमा सहयोग पुगोस् भन्ने हेतुले श्रावण ३१ गते बिहिवार बास नेपालमा रहेको मानदेवा परोपकारी अक्षय कोषबाट १० हजार सहयोग प्रदान गरिएको छ । संस्थाकि केन्द्रीय सचिव दिला शाहद्वारा आफ्ना बुवा, मुवाको सम्मानमा स्थापित उक्त कोषबाट बिभिन्न मानविय सेवाका कार्यहरु गरिदै आएको छ ।

बिरामी बुढा मगर र उनकी धर्मपत्नी बिष्णु अधिकारीलाई १० हजारको चेक हस्तान्तरण गरिएको हो । बास नेपालकी केन्द्रीय सचिव तथा मानदेवा परोपकारी अक्षय कोषकी संस्थापक दिला शाह, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम प्रबन्धक मन भण्डारीले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

यसैगरी बुढा मगरको उपचारको सहयोगका लागि सञ्चारकर्मी कल्पना कार्कीले आफ्नो जन्मदिनको अवसरमा शुक्रवार घरमै पुगेर बुढा मगरलाई चार हजार पाँच सय पाँच रुपैयाँ सहयोग गरेकि छन् ।

बास नेपालकी साधारण सदस्य समेत रहेकी कार्कीले हरेक बर्षको जन्मदिनमा सामाजिक कार्य गर्दै आएकि छन् ।

 

  • १ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech