दुर्घटना अपडेट

असल शासन प्रतिनिधि

नेपालगन्ज/ तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको शव घटनास्थलबाट निकालिएको र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको हो । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ ।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech