बुद्ध धर्मकी अनुयायी billions chen ताईवान निवासी हुन् । धार्मिक अभियन्ता समेत रहेकि उनी नेपाल आएको मौका छोपी असल शासनले गरेको कुराकानी :-
१) तपाइँलाई नेपाल कस्तो लाग्यो ?
– मलाई नेपाल सार्है राम्रो लाग्यो । यहाँको सुन्दर दृष्य र हरियाली बाताबरण देखेर म मोहित भएको छु ।
२) ताइवान राज्य र नेपालमा फरक के देख्नु भयो ?
– धेरै फरक छ, शान्ती प्राप्त गर्नको लागि नेपालमा राम्रो छ, यहाँका मानिसहरू सरल छन्, यहाँको चाल चलन धेरै राम्रो छ ! ताइवानमा बिकासका कामहरु अगाडि छन् । नेपालमा हुने क्रममा छन् !
३) तपाई नेपाल आउनुको मुख्य कारण के हो ?
– मलाई नेपाल सारै राम्रो लाग्छ । भगवान सिद्वार्थ गौतम जन्मेको देश हो, जहाँ शान्ती छ, हिमाल, पहाड, यहाँका आकर्षक हुन्, मलाई गर्ब लाग्छ। लुम्बिनी क्षेत्र पनि यहाँ पर्ने हुँदा दर्शन गर्नको लागि पनि यहाँ आएको हुँ । यहाँको सँस्कृती राम्रो लाग्छ । प्राय: म धार्मिक, पर्यटन भ्रमणमा आउने गरेको छु ।
४) तपाइँको बिचारमा धर्म के हो ?
– मेरो बिचारमा धर्म भनेको आत्म ज्ञान हो । असल आचारणमा रहनु, ध्यान गर्नु, सत्यमा रहनु, समग्रमा आफ्नो सिद्धान्तमा अडिग रहनु नै धर्म हो । निश्चित ज्ञान प्राप्ती गरि निरन्तर दिनु नै धर्म हो ।
६) बौद्ध धर्मको मुल आशय के हो ?
– शान्ति, अहिँसा मार्ग सत्य बोल्नु, सानालाइ माया गर्नु ठुलालाइ आदर गर्नुनै यो धर्मको मुल आशय हो ।
७) तपाइँ नेपाल कति पटक आउनु भयो?
– म नेपाल पटक पटक आइरहेको हुन्छु ! मेरो भिषाको निश्चित समय हुन्छ त्यो समय अनुसार जुरेको हुन्छ।
८) तपाइको बिचारमा असल शासन के हो ?
– मेरो बिचारमा असल शासन भनेको जनताको सेवा, सुबिधा र उनीहरुको अधिकारको प्रत्याभूति गर्नु नै असल शासन हो । जहाँ शान्त, सरल, तरिकाले शासन गरिन्छ, त्यहाँ बिकास पनि तिब्र गतिमा हुने गरेको देखिन्छ ।
९) अन्तमा के भन्न चाहानु हुन्छ ?
– यो अवसरको लागि धेरै- धेरै धन्यवाद ! सबैलाई शान्ति निर्माणमा लाग्न आग्रह गर्दछौं ।