सुशासन बहालिका लागि बास नेपालको भुमिका अहम्

बास नेपालको २१ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालको २१ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न भएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपालको बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण नेपालगञ्जमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले सामाजिक रुपान्तरणका लागि बास नेपाल लामो समय देखि कार्यरत रहेको उल्लेख गर्दै बास नेपालसँग सहकार्य गर्न नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ठ अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले देशको सुशासन बहालिका लागि बास नेपालको भुमिका अह्म रहेको बताए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बार्षिक प्रगति प्रतिबेदन प्रश्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष कल्पना अधिकारीले आर्थिक प्रतिबेदन प्रश्तुत गरेकि थिईन् ।
कार्यक्रममा बास नेपालका सल्लाहकार बरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ गायक कमल बिके निर्माेही, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, पूर्ब बिद्यार्थी समाज जनता माबि खजुराका अध्यक्ष झबिलाल शर्मा लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा बास नेपालका सल्लाहकार मुना श्रेष्ठ, किरण आचार्य, समर्पणका अध्यक्ष मोहनलाल सोनकर, सभ्य समाज नेपालका अध्यक्ष सुर्यलाल यादव लगायतको कार्यक्रममा उपस्थिती थियो ।
केन्द्रीय सचिव दिला शाहले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले स्वागत गरेका थिए । कार्यक्रममा हिमानी बटालाले नृत्य प्रश्तुत गरेकि थिईन् ।
प्रशंशा पत्र बितरण :
कार्यक्रममा बास नेपालको २३ औं बार्षिकोत्सवको अवसरमा सम्पन्न कर्मचारी, पदाधिकारी बिचको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा बिजयि हुने बिजयि टिमका सदस्यहरुलाई प्रशंसा पत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उक्त प्रशंसा पत्र र मेडल प्रदान गरेका थिए ।
यसैगरी गत पौष महिनामा सम्पन्न स्लो बाईक प्रतियोगिता अन्तरगत कर्मचारी तर्फ बिजयि हुन सफल कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा क्रमशः अभिलेखिकरण अधिकृत लोक बहादुर घर्ति प्रथम, मनोसामाजिक परामर्श तालिमका प्रशिक्षक गणेश पौडेल द्धितिय र प्रशासकिय अधिकृत शुद्ध प्रसाद चौधरी तृतिय भएका थिए ।
यसैगरी २०८१ श्रावणमा बर्दियाको ठाकुरद्धारामा सम्पन्न बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठकमा उत्कृष्ठ प्रश्तुतिकरण गर्ने कार्यक्रम प्रबन्धक मन भण्डारी, निर्देशक हेमराज भट्ट र अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरालाई प्रशंसा पत्र प्रदान गरिएको
थियो । क्रमशः उनीहरु प्रथम, द्धितिय र तृतिय भएका थिए ।
बन्दशत्र सम्पन्न :
उद्घाटन शत्र पश्चात बन्दशत्र सम्पन्न भएको छ । बन्द शत्रमा बार्षिक प्रगति, आर्थिक प्रतिबेदन माथि व्यापक छलफल गर्दै अनुमोदन गरिएको छ । यसैगरी साधारण सभाले यस आ.ब.को बार्षिक कार्ययोजना स्विकृत गरेको छ ।
केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बन्दशत्रमा केन्द्रीय सचिव दिला शाहले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् । बन्द शत्रमा जनसम्पर्क बिभाग प्रमुख कमल शाही, मधेश प्रदेश संयोजक ईश्वर बि.क. लगायतले बोलेका थिए । कार्यक्रममा २०० बढिको सहभागिता रहेको थियो ।

  • १५ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech