जलजलाले गर्यो हरितालिका तिज

ललिता बिश्वकर्मा ओड

गुजरात, भारत/ रोल्पा जलजला सेवा समाजले हरितालिका तिज कार्यक्रम सम्पन्न गरेको छ ।

तिज कार्यक्रम भारतको गुजरात गांधिधाम सम्पन्न गरिएको हो ।

महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा भारतको गुजरातमा रहेका दिदि बहिनिहरुलाई मनोरञ्जक दिनको लागि र आफ्नो कला संस्कृती बचाई राख्नका लागि यो कार्यक्रम आयोजना गरिएको रोल्पा जलजला सेवा समाजका अध्यक्ष सागर परियारले बताएका छ्न ।

उक्त कार्यक्रममा नेपालबाट लोकप्रिय गायिका टिका पुन भारतको गुजरातमा पुगेकी थिन । गायिका टिका पुनले बिभिन्न तीज गित गाएर दर्शकहरुलाई मनोरञ्जक दिएकि थिन ।

यस्तै यस कार्यक्रममा मुम्बई बाट लोक तथा दोहोरी गायिका जानु शाह, नृत्य कलाकार रबिना परियार, नृत्य कलाकार धन बहादुर अजय स्थानीय कलाकारहरु गरि लगभग १२ कलाकार हरु स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रम संचालिका ललिता मलाति थिइन भने कार्यक्रममा सहभागि लगभग दुई सय पचास जना रहेका थिए ।

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech