बाघको आक्रमणमा परेकी बालिकाको शब फेला

असल शासन प्रतिनिधि

नेपालगञ्ज / आईतबार बेलुका ८ बजे आफ्नै घरबाट बाघको आक्रमणमा परी बेपत्ता भएकी बालिकाको शब आज फेला परेको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ गिजरा नयाँ बस्तिका बिरेन्द्र पुनकी २ बर्षिया छोरी लक्ष्मी पुन आईतबार बाघको आक्रमणमा परेपछि सोही राती देखी नै स्थानिय बासी, नेपाल प्रहरी र राष्ट्रिय निकुञ्जबाट खटिएका कर्मचारीहरु खटिएको र आज बिहान मात्र क्षतबिक्षत अबस्थामा शब फेला परेको छ ।

बालिकाको केही अंग क्षतबिक्षत अबस्थामा गिजरा सामुदायिक बनमा फेला परेको हो ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech