दिल बहादुर : पब्लिक स्पिच नेपाल बिजेता

असल शासन प्रतिनिधि

काठमाडौँ/ पब्लिक स्पिच नेपाल २०८१ मा दैलेखका दिल बहादुर भण्डारी बिजेता बनेका छन् ।

संघिय राजधानी काठमाण्डौंमा सम्पन्न पब्लिक स्पिच नेपाल २०८१ को फाईनल राउण्डबाट भण्डारी बिजेता बनेका हुन् ।

यसैगरी प्रतियोगितामा धरानकी सुशिला धमाला द्धितिय, कपिलबस्तुकी गंगा घिमिरे तृतिय हुन सफल भएका छन् ।

बिजेताहरुलाई प्रतिनिधिसभा सदस्य माननीय डाक्टर धवल शमशेर राणा, निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदी, ह्याण्डिक्याप ईण्टरनेशनलका राष्ट्रिय संयोजक बिरेन्द्र ठगुन्ना, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, सामाजिक अगुवा शान्तलाल मुल्मि लगायतले पुरस्कार प्रदान गरेका थिए ।
क्रमशः प्रथम, द्धितिय, तृतिय हुन सफल बिजेताहरुलाई ५० हजार, ३० हजार र २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी सकारात्मक सोचका बारेमा सर्बाेत्कृष्ट हुन बाँकेकी करुणा खनाल हुन सफल भएकि छिन् । उनलाई कर्ण सकारात्मक कोषका संयोजक प्रबिण शाक्यले पुरस्कार प्रदान गरेकि थिए । उनलाई २५ हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्दै दाङका जय पृथ्वी बुढाथोकीले पब्लिक च्वाईस अवार्ड प्राप्त गरेका थिए । उनलाई २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय डाक्टर धवल शमशेर राणा, निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, निर्णायक मदन पुरस्कार बिजेता चर्चित साहित्यकार डाक्टर नवराज लम्साल, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदी र द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चर्चित नायिका दिपा श्री निरौल, युथ एडभोकेसी नेपालका अध्यक्ष गणेश धामी, बाग्मती सरसफाई अभियन्ता चक्र बहादुर चन्द, लेखक, साहित्यकार कृष्ण अविरल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निर्णायक समितिका संयोजक पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियम बारे जानकारी गराउनुका साथै नतिजा सार्वजनिक गरेका थिए ।

बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोेकीको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौं शाखा अध्यक्ष शकुन्तला शाहले गरेकि थिईन् ।

युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता तिन चरणमा गर्ने क्रममा बास नेपालले पहिलो चरण अडिसन राउण्ड सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगिहरुका लागि खुला सूचना जारी गरिएकोमा देशैभरबाट २०० बढि सहभागिहरुले भाद्र १५ गते भित्र तोकिएको ढाँचामा समसामयिक बिषयमा बोलिएको भिडियो सामाग्री आयोजकलाई उपलब्ध गराएका थिए ।

अडिसन राउण्डबाट १०३ जना सेमिफाईनल राउण्डका लागि छनौट भएका थिए । अडिसन राउण्डको नतिजा भाद्र १७ गते आयोजकले प्रकाशन गरेको थियो ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुले गत २२ गते संघिय राजधानि काठमाण्डौंमा सेमिफाईनल भएको थियो । सेमिफाईनलबाट १६ जना प्रतियोगिहरु फाईनल राउण्डमा प्रबेश गरेका थिए ।

प्रतियोगितामा पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडका, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक अनित बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गरेको थियो ।

सेमिफाईनलमा सहभागि भएका प्रतियोगीहरुले राष्ट्र निर्माणका लागि सकारात्मक सोच, सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण, प्राकृतिक सम्पदा संरक्षणमा युवाको भुमिका, अपाँगता भएका व्यक्तिहरुको अधिकार प्रबद्र्धनमा राज्यको भुमिकाको बिषयमा बक्तव्य दिएका थिए ।

 

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech