डुङ्गेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

असल शासन प्रतिनिधि

दैलेख/ डुङ्गेश्वर गाउँपालिका दैलेखको आर्थिक बर्ष २०८०÷०८१ मा सम्पन्न भएका योजना, विकास निर्माण र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको सहजिकरणमा भाद्र २७ गते सम्पन्न सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागिहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा आगामी दिनमा हुने सार्बजनिक सुनुवाई कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रचार प्रसार कार्यलाई प्रभावकारी बनाइ ब्याप सहभागितामा गर्ने, गाउपालिकाबाट प्रवाह हुने सेवा सुबिधालाई थप प्रभावकारी बनाउने, गाउपालिका अन्तर्गत वडा नम्बर ३,४,५ र ६ मा सन्चालित रकचना खानेपानी आयोजना सम्पन्न भईसक्दा समेत धारामा पानी सुचारु नभएकाले तत्काल पानी सुचारु गर्न आबश्यक पहल गर्ने र उपभोक्ता समिती पुनर्गठन गर्ने, पालिकाबाट सन्चालन हुने योजनाहरुको प्रभावकारी अनुगमन नहुने गरेको गुनासो आएकाले आगामी दिनमा अनुगमन कार्यलाई प्रभावकारी बनाई योजनालाइ गुणस्तरिय र प्रभाभकारी बनाउने, पालिकाको समग्र बिकासका लागि सबै सरोकारवाला बिच सुमधुर सम्बन्ध स्थापित गर्ने रहेका छन् ।

सार्वजनिक सुनुवाइमा शिक्षा, स्वास्थ्य, सडक, ढल निर्माण, बाटोघाटो निर्माण, लक्षित वर्ग केन्द्रित कार्यक्रम, बिकास निर्माण, खानेपानी तथा बिद्युतीय समस्या लगायतका दर्जनौं बिषयमा गाउँपालिकाबासिहरुले जिज्ञाशा, गुनासो तथा प्रश्न राखेका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा पालिकाले २०८०÷०८१ मा सम्पन्न भएका योजना, विकास निर्माण र सेवा प्रवाहको विषयमा विषयमा तयार गरिएको प्रतिवेदन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत मणिराम खरालले प्रस्तुत गरेका थिए । सुनुवाईमा सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ गाँउपालिका अध्यक्ष शुन्दर कुमार के.सी., उपाध्यक्ष कलावती न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत मरिणराम खराल, वडा अध्यक्षहरु र शाखा प्रमुखहरुले दिएका थिए ।

 

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech