नेपालगन्जका पर्यटकीय स्थलहरुलाई संरक्षण गर्न के गर्नुपर्ला ?

तपेन्द्र मलाती

नेपालगन्जका पर्यटकीय स्थलहरुलाई संरक्षण गर्न के     गर्नुपर्ला ?

नेपालगन्ज क्षेत्र भनेको पर्यटकीय हिसाबले प्रसस्त क्षेत्र ओगटेको भूभाव हो । उत्तरतिर पहाड, दक्षिणतिर मित्र राष्ट भारत, पश्चितिर मानखोला र पूर्वतिर राप्ति नदी भू–बनावटको हिसाले पनि निकै मिलेर बनेको छ । यसको नजिक जोडिएको ठाउँ भनेको बर्दिया राष्ट्रिय निकुन्ज, बाँके राष्ट्रिय निकुन्ज रहेको छ । नेपालगन्जका पर्यटकीय स्थलहरुको संरक्षको लागि कुनै व्यक्तिले केहि गर्न सक्दैन त्यसको स्वामित्व स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लिनु पर्दछ । नेपालगन्जमा रहेका जस्तो बाँगेश्वरी मन्दिर, कान्तिताल, वाटरपार्क लगाएत धेरै पर्यटकीय स्थलहरु छन त्यस कारणले गर्दा नेपालगन्जमा धरै सम्भावनाहरु पनि छन भने भोलिको भविष्य पनि छ । विमम्वना यस्ता पर्यटकीय स्थलरुको संरक्षण र सम्बर्दन भने हुन सकेको छैन । यसको संरक्षको लागि पुरै नेपालका सरकार जिम्मा लिनुपर्दछ । यदि सरकारले यसो गरेको खण्डका बाँकेको नेपालगन्ज सहर भोलीको निकै पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ ।

– अजित कुमार शर्मा, बरिष्ठ समाजसेवी, नेपालगञ्ज

नेपालगन्जका पर्यटकीय स्थलहरुको संरक्षण गर्ने विभिन्न निकाय मध्य एक महत्वपूर्ण निकाय भनेको स्थानीय सरकार हो । स्थानीय सरकारले पर्यटकीय क्षेत्रको महत्व बुझ्नु प¥यो त्यस पश्चात पर्यटकीय गन्तव्य, पर्यटकीय स्थलहरुको संरक्षण, सम्बद्र्धन र विकास लागिका लागि ध्यान पुग्दछ । शैद्धान्तिक हिसाब पर्यटन भनेको के हो, पर्यटन किन आवश्यक छ भन्ने बिषयलाई नै बुझाउन नसकेको कारणले पर्यटकीय स्थलहरुको बेहाल छ र त्यस्ता बिषयहरुको बारेमा बुझ्नु र बुझाउन पर्दछ । पर्यटकीय क्षेत्रहरुको संरक्षण, सम्बद्र्धन र विकास गर्ने, कतिपय गन्तव्यहरुको नयाँ निर्माण गर्ने र हिजो कुने बेला धार्मिक स्थहरु निकै महत्वपूर्ण हुन्थे भने अवको पुस्तालाई ति ठाउँ संगसंगै मनोरञ्जन गर्ने पार्कहरुको निर्माण गर्ने गर्नुपर्दछ । अबको योजनामा स्पोर्टस टुरिजमको आवश्यकता छ जस अन्तर्गत खेलकुदका पुर्वाधारहरु पर्दछन । जसरी एउटा वडाबाट अर्को वडामा, एउटा जिल्लाबाट अर्को जिल्ल्मा र एउटा देशबाट अर्को देशमा भने जस्तै नयाँ ठाउँबाट अर्को ठाउँसम्म आईपुग्ने मानिसहरुलाई आकर्षण पार्ने थलोहरुको निर्माण गर्न सकिन्छ । जब मानिस चलायमा हुन्छन कारोबार गर्दछ र कारोबोर गर्नेहरुको आय आर्जन बढछ, आय आर्जन बढ्ने बित्तिकै आर्थिक स्तर बढ्छ र आर्थिक स्तर बढ्ने वित्तिकै एउटा व्यक्तिको, समाज र देशकै बढ्छ त्यसकारण समग्रमा पर्यटन र पर्यटकीय स्थलहरुले यसरी देशको आर्थिक बृद्धि हुन्छ ।

– झलक गैरे, प्रकाशक, सम्पादक, दैनिक नेपालगन्ज

नेपालगन्जका पर्यटकीय स्थलहरुको संरक्षण गर्नको लागि सर्वप्रथम त नजिकको सरकार भनेकै स्थानीय सरकार जुन नेपालगन्ज उपमहानगरपालिका हो यसको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय सरकाले भएका पर्यटकीय क्षेहरुको सुरक्षा, मर्मत लगायतको काम र नयाँ निर्माण र त्यसको प्रचार प्रसार गर्नेगरि पूर्णरुपमा जिम्मेवारी लिनुपर्दछ । अर्को भनेको त्यस क्षेत्रका नागरिक समाज जसले समाजको नेतृत्व गरिरहेको छ त्यो पक्षले बेलाबेलामा यस बिषयमा सरकारलाई झकझकाउने त्यस क्षेत्रको बिकास र बिस्तारमा के नयाँ आयाम हुनसक्दछ देखाईदिने र ति आयामहरुमा स्थानीय सरकार र नागरिक समाजले एक अर्कासंग मिलेर कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा ध्यान दिनुपर्दछ । तेस्रो भनेको सर्वसाधारण नागरिक जसले त्यो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रसार प्रसार, त्यसको महत्व र संरक्षण लगाएको बिषयमा आफ्नो भूमिका निर्माह गर्नुपर्दछ र यी तिन वटा पक्षले जिम्मेवारी भूमिका निर्वाह गरेमा नेपालगन्जका पर्यकटीय क्षेत्रको संरक्षण गर्न सकिन्छ ।

सिता बोहरा, पूर्ब केन्द्रीय अध्यक्ष, बास नेपाल

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech