बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समितिको नवौं साधारण सभा सम्पन्न

असल शासन प्रतिनिधि

अछाम/ बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समिति, अछामको नवौं बार्षिक साधारण सभा भाद्र २९ गते सम्पन्न भएको छ ।

तुर्माखाँद बजार स्थित समितिको कार्यालय परिसरमा सम्पन्न उक्त साधारण सभाको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका अध्यक्ष बिसीले पालिकाका तर्फबाट बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्रको बिकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी बिशिष्ठ अतिथी तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष बिमला कुमारी शाहीले समितिको कामबाट पालिका प्रभावित भएको बताउँदै पालिकाका तर्फबाट सहयोग रहने बताईन् ।

कार्यक्रममा तुर्माखाँद गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष पदम बहादुर बि.सी., वडा नम्वर ५ का वडाध्यक्ष महेन्द्र बहादुर शाही, गाउँपालिकाका कार्यपालिका सदस्य दमन बहादुर घर्ति, समितिका सचिव मिन बहादुर शाही लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रश्तुत गर्दै संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले अछामको तुर्माखाँद गाउँपालिकाको नागपर्वत नाडामा प्राचिन बागेश्वरी मन्दिर रहि आएको र सोही मन्दिरको संरक्षणका लागि २०६८ सालमा सँस्था स्थापना गरिएको बताए ।

उनले पबित्र उद्धेश्यका स्थापना भएको संस्थाबाट नागपर्वत क्षेत्रको समग्र विकास, पर्यटन प्रबद्र्धन लगाएतका कार्यहरु भईरहेको बताए । उनले सँस्थाद्वारा अति प्राचिन बागेश्वरी मन्दिरको बिकास, बिस्तारका लागि बिभिन्न भौतिक निर्माणका कार्यहरु सम्पन्न हुनुका साथै निर्माणाधिन अवस्थामा रहेको बताए । उनले संस्थाद्वारा बिभिन्न सामाजिक कार्यहरु समेत भईरहेको बताए । अध्यक्ष शाहले तुर्माखाँद गाउँपालिकाको वडा नम्वर ५ नाडामा २०७९ साल भाद्र ३१ गते आएको पहिरोबाट मृत्यु भएका परिवार सहित प्रभावित भएका घरपरिवारलाई समितिले सहयोग गरेको उल्लेख गर्दै सरकारले मृतकका परिवार बाहेक अन्य प्रभावितहरुलाई कुनै सहयोग नगरेको दुःखेशो प्रकट गरे । उनले भने– पहिरो प्रभावितहरुको लाखौंको क्षति हुँदा समेत राहत नदिनु बिडम्वना हो, यसमा सरकारको ध्यानाकर्षण गराउँछु ।

कार्यक्रममा कोषाध्यक्ष छत्रकला बयकले आर्थिक प्रतिबेदन प्रश्तुत गरेकि थिईन् भने कार्यक्रमको सञ्चालन सचिव झंकर बहादुर शाहीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तारा बहादुर चलाउनेले व्यक्त गरेका थिए ।

श्री कालिकेश्वरी माबि तुर्माखाँद अछामका बिद्यार्थीहरुले स्वागत गित प्रश्तुत गरेको कार्यक्रममा श्री कालिकेश्वरी माबि नाडा अछामका बिद्यार्थीहरुले धार्मिक भजन प्रश्तुत गरेका थिए ।

साधारणसभाबाट प्रगति, आर्थिक प्रतिबेदन पारित हुनुका साथै बार्षिक कार्ययोजना समेत अनुमोदन गरिएको थियो । कार्यक्रममा १५० बढिको सहभागिता रहेको थियो ।

  • ६ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech