चामुण्डाका तीन वडा कार्यालय सहयोगिको भरमा

सुरेन्द्र शाही

दैलेख/ दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका वडा नं. १, ६ र ७ का वडा कार्यालय कार्यालय सहयोगीको भरमा चलि रहेका छन् ।

चामुण्डा विन्द्रासैनी नगर कार्यापालिकाको २०८१ असोज ३ गते बसेको कार्यापालिका वैठकले करार सेवाकाका कर्मचारीहरुलाई आन्तरिक आम्दानी नभएको भनि करार सेवा रद्ध गरेकाले वडा कार्यालय सहयोगीको भरमा चलेका हुन् ।

वडा नं.१ का वडा अध्यक्ष उदे कामीका अनुसार असोज ४ गते देखि वडाका सामान्य सिफारिसहरुको काम भए पनि स्थानीय पञ्जिकाधिकारीले गर्ने काम काज नभएको बताएका छन् । उता वडा नं. ६ र ७ को समस्या पनि यस्तै रहेको छ । कार्यालय सहयोगीको भरमा कार्यालय चलाउदा सामान्य सिफारिस दिन पनि समस्या रहेको छ ।

वडा नंं ७ का वडा अध्यक्ष इन्द्र प्रसाद चौलागाईका अनुसार आफ्नो वडामा जन्म दर्ताका केही सेवा ग्राही आएकोमा केहीलाई वडा नं. ८ बाट सेवा दिइएको र केही लाई केही दिन पछि आउनु भनेर सम्झाई बुझाई गरेर फिर्ता पठाइएको बताएका छन् ।

कार्यपालिका वैठकले सामाजिक परिचालक, पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथो, अ.हे.व. चौथो, नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचिकार गरि ७१ जनाको करार सेवा सम्झौता रद्ध गरेको थियो ।

चामुण्डा विन्द्रासैनी नगरपालिका मा रहेका ६ वटा शहरी स्वास्थ्य क्लिनिक र ६ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र असोज ४ गतेबाट बन्द रहेका छन् ।

स्वास्थ्य शाखा मान कुमारी शाहीका अनुसार बथिङ्ग सेन्टरका कार्यालय सहयोगी तथा अन्य कर्मचारी लाई हटाउँदा समस्या भएको बताएकी छन् ।

उनका अनुसार, पालिकाको नियमित खोप १६ गते भएकाले कसरी खोप व्यवस्थापन गर्ने भन्ने विषय अन्योल रहको छ ।

शहरी स्वास्थ्य क्लिनिक, आधारभुत स्वास्थ्य सेवा केन्द्र बाट सेवाग्राही ले सेवा पाएका छैनन भने चामुण्डा स्वास्थ्य चौकी, जम्बुकाँध स्वास्थ्य चौकी र लयाटी स्वास्थ्य चौकी बाट सेवा दिइरहेको बताएकी छन् ।

करार सेवा रद्ध गरिका कर्मचारीहरुलाई संघिय सरकारको वित्तिय समानिकरण वजेट तलब भुक्तानी गरी अपचलन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि साउन र भदौ महिनाको तलव रावश्व वाडफाँटबाट दिने गरि कर्मचारीको करार सेवा रद्ध गरिएको थियो ।

यस विषयमा थप बुझ्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्ले आफु बिरामी भएर पालिका भन्दा बाहिर रहेको बताए ।नगर प्रमुख गणेश कुमार शाहीको मोवाइल अफ रहेको छ भने तथा नगर उपप्रमुख मनसरा रेग्मीको फोन उठेन ।

कर्मचारी जान मान्दैनन वडामा :-
चामुण्डा विन्द्रासैनी नगर पालिकामा नगरपालिकाको आन्तरिक आम्दानी र संघिय सरकारबाट प्राप्त रावश्व बाडफाँटबाट नियुक्त गरिएका केही करार कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिई वडामा पठाउन प्रयास गरिए पनि सो प्रयास सफल नभएको एक कर्मचारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन ।

कार्यालयमा स्थायी दरबन्दिमा रेहेका प्रशासन सेवाका सहायक स्तर चौथों र सहायक स्तर पाचौं मा कार्यरत केही कर्मचारी लाई पनि वडामा पठाउन प्रयास गरिए पनि कर्मचारीहरु वडामा जान नमानेको एक श्रोतले जानकारी दिएको छ । प्रशासन सेवाका कर्मचारी वडामा जान नमानेपछि असोज ८ गते का दिन पशु सेवा शाखामा कार्यरत पशु प्राविधिक करनसिंह धामी लाई वडा नं. १ र सहायक कम्प्युटर अपरेटर झलक कुमार खत्रिलाई वडा नं. ७ को वडा सचिवको जिम्मेवारीको पत्र बने पनि वडामा पठाइएको छैन ।

नगर प्रहरी अलपत्र :-
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठित नगर प्रहरीहरु अलपत्र परेका छन् । स्थानिय सरकारले आन्तरिक राजश्वबाट तलब भत्ता दिने गरि गठन गरिएको नगर प्रहरीलाई पनि वित्तिय समानिकरण वजेट बाट तलब भुक्तानी गरेको देखिएकाले करार सेवा बाट हटाउनु परेको छ । उमेर भएको वेला नगर प्रहरी भइयो अव अहिले उमेर पनि गयो । अव अरु ठाउमा दस्खास्त दिने उमेर पनि छैन । अव के गर्ने भन्ने अन्योल रहेको एक नगर प्रहरी बताएका छन ।

यधपी चामुण्डा विन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को विनियोजित वजेटमा आन्तरिक आम्दानी तथा संघिय सरकारबाट प्राप्त रावश्व बाडफाँटमा सामाजिक परिचालन अन्र्तगत कर्मचारी व्यवस्थापन मा रु ४० लाख, करार सेवा शुल्क नगर प्रहरी रु १५ लाख, करार सेवा शुल्क १ करोड ६० लाख गरि २ करोड १५ लाख विनियोजन गरिएको छ ।

 

 

  • ९ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech