किन यति लापरबाही `डाक्टर साब´ !

पबित्रा जैशी

कुरा २०८१ असोज ८ गतेको हो । भेरी अस्पताल नेपालगन्जका प्रसुती रोग विशेषज्ञ डाक्टर नवीन बुढाथोकीको साँझको सिफ्टमा AFI almost nill भएको गर्भवतीलाई लिएर पुगेकी थिएँ । वहाँले १ दिन कुराएर भोलि CS गर्ने भन्नुभयो । कुन प्रोटोकल अनुसार वहाँले यसो भन्नुभयो जवाफ पाउन पाए आभारी हुने थिए ।

भेरी अस्पताल जहाँ विभिन्न गाउँ ठाउँबाट विपन्न परिवारका मान्छेहरु जीवन रक्षाका साथै राम्रो उपचारको आस बोकि आउने गर्दछन्, तर त्यहाँ वहाँ जस्तो जिम्मेवार स्वास्थ्यकर्मीहरुबाट यसरी गैह्रजिम्मेवार बनेको कत्ति पनि सुहाएन ।

हाम्रो समाजमा डक्टरलाई भगवानको दर्जामा राखिन्छ तर उही डक्टरबाट एक सुत्केरी आमा र उसबाट जन्मने बच्चाको स्वास्थ्यमा खेलवाड गर्न पाईन्छ होला त मेरो प्रश्न ?

सोही अस्पतालमा धेरै डक्टरहरु हुनुहुन्छ जो दिन रात नभनि विरामीहरुको सेवामा निरन्तर खटिनुहुन्छ आभार व्यक्त गर्न चाहन्छु ति स्वास्थ्यकर्मीहरुलाई तर यो घटनामा एक डक्टरबाट लापरवाही तरिकाले बिरामीलाइ कुराइ आमा र बच्चाको स्वास्थ्य प्रति रत्तीभर वास्ता नगरेकोमा दु:ख लागेको छ ।

म स्वास्थ्यकर्मी भएको नाताले मैले बुझ्न सके र डक्टर नआउने भएपछि तुरुन्त अर्को अस्पतालमा लगियो र त्यहाँका डक्टरले पनि एक मिनेट समय खेर नफाली CS गरी आमा र बच्चाको ज्यान जोगाउनुभयो वहाँ प्रती हार्दिक कृतज्ञता ।

यदि मेरो ठाउँमा अन्य सामान्य व्यक्ति भाको भए सायद आज आमा र बच्चाको अवस्था जे पनि हुन सक्थ्यो । डाक्टरको सानो लापरवाहीका कारण वा भनौ अल्छिपनको कारण आज एउटा आमा र बच्चाको ज्यान पनि जान सक्थ्यो । यो समस्या हामी जो कोहीको घर परिवारमा हुन सक्छ, डाक्टरकै परिवारमा पनि हुन सक्छ डक्टर साब तसर्थ अबका दिनमा यसरी गैह्रजिम्मेवार नभई दिनुहोला मेरो अनुरोध ।

आमा दिपिका खड्का वर्ष २७ ले हिजो राती १० बजे नेपालगंज मेडिकल कलेज कोहलपुरमा CS मार्फत पहिलो सन्तानलाइ जन्म दिइन् हाल दुवै जनाको स्वास्थ्य राम्रो छ ।

उनै आमा बच्चा बस्ने घरमा पानी एकदम कम लगभग लगभग सुन्य नै भएका कारण भेरी अस्पताल पुगेकी थिइन् र डक्टर नवीन बुढाथोकीले १ दिन पछि अपरेसन गर्ने भनि कुराउनु भएको थियो र त्यहाँ अन्य स्वास्थ्यकर्मीहरुले पनि पटक पटक यो केश जटिल भएको जानकारी दिदाँ पनि कुराउनु भएको थियो । आशा छ अबका दिनमा यस्तो खालको लापरवाही एवं गैह्र जिम्मेवार व्यवहार हुनेछैन ।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech