नविनको अन्तिम शब्द आमा म पुग्दै छु खाना बनाईराख्नु

रमेश बहादुर सिंह

बझाङ / बझाङकाे जयपृथ्वी नगरपालिका वडानं १ चिउरी बस्ने नरेन्द्र बहादुर सिंहका छाेरा स्व.नवीन सिंहले घटना हुनु अघि फाेन गरेर म पुग्दै छु आमा थाेरै समय लाग्छ खाना पकाई राख्नु भनेकाे अन्तिम आवाज स्व नविन सिंह को आमाको कानमा गुन्जीरहेकाे छ । स्व नविन सिंह नरेन्द्र बहादुर सिंहका एक छाेरा र दुई छाेरी हुन्। स्व नवीन आफ्नाे आमा भेट्न चितवन बाट काठमाडौं आउदै थिए तर बिडम्बना एका एक पहिरो मा परेर सिंह बाटाेमै अस्ताय आफ्नो दाई आउने खुसी मा बहिनीहरुले बाटो हरेर बसेकि थिइन् तर आज आमाले दुईछाेरीलाई काखीमा च्यापेर भन्छन् तिम्रो दाइ आउदैछ नराेउ छाेरी। पढाईकाे शिलशिलामा रामपुर पढिरहेका मृतक.नविन सि्ह आमा भेट्न भनी काठमाडौ आउदै थिए।बिएसी एजी, अन्तिम सेमिस्टर रामपुर चितवनमा सकेर केही महिना अगाडि डोल्पा मा ओजेटि गरेर रिपोट क्याम्पसमा बुझार उनि काठमाडौं जादै थिए । स्व सिंह २४ बर्षका थिए उनी भक्तपुरमा काेठा भाडामा आमा,दिदि, बहिनी र कान्छा बुवाकाे छाेरा संगै बस्दै आएका थिए । शुक्रबार राती झायापरे खाेला नागढुङ्गा नजिकैकाे पहिरोमा परी उनको मृत्यु को खबरले जयपृथ्वी नगरपालिका वडा नं १ गाउ नै शोकमा परिणत भएको छ ।

नेविसंघको सक्रिय राजनीतिमा लागेका नविन आज एकासि पहिरोमा परी मूत्यु को खबरले नेविसंघ अध्यक्ष दुजाङ्ग सेर्पा,नेका केन्द्रीय सदस्य अर्नुन जंग सिंह, काँग्रेस नेता अभिषेक सिंह, पार्टी सचिव झलक कठायत, नेविसंघका केन्द्रीय सदस्यहरू सिंह को श्रद्धाञ्जली दिन काठमाडौंको पशुपति आर्यघाटमा आएका थिए। दशै मनाउन आमा दिदि बहिनि सगै आउँछु भनेर काठमाडौं हिडेका नविन शुक्रबार राति दश बजे आपनो बुवा नरेन्द्र सिंहलाई फोन सम्पर्क गरेका थिए । बाटाेमा जाम छ आउदै छु बाबा भन्याे उनका बुवा नरेन्द्र सिंह अहिले यहि शब्द सुनेर भयाबह भएका छन । एक मिनेट पन्ध्र सेन्केडको फोन कलमा भएको कुरामा एक्कै छिन पछि काठमाडौ पुग्ने हाे बाबा भन्याे, आज मेरो लागि यो शब्द कहिले नबिर्शने भएको छ।

नविन को साथिहरु भन्छन सधै माैसम हेरेर हिड्ने मान्छे हाे तर आज यस्तो होला भनेर सोच्न पनि हामिले सकेका छैनौं। कूषि बिज्ञ हुने ठुलो सपना लिएर पढेका नविन आज हामि माझ नहेनन यो खबरले अहिले नविनको क्याम्पस साथिहरु घरपरिवार गाउँ टोलमा निकै भावुक बनाएको छ।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech