महेन्द्रमा १४ औँ अभिभावक भेला

तपेन्द्र बहादुर मलाती

अछाम/१६ असोज २०८१
श्री महेन्द्र माध्यामिक विद्यालयको १४ औं अभिभावक भेला असोज १६ गते सम्पन्न भएको छ ।
अछामको पन्चदेवल विनायक नगरपालिका वडा नं. ४ मा रहेको श्री महेन्द्र माद्यामिक विद्यालयको प्राङ्गणमा बुधबार उक्त भेला सम्पन्न भएको हो । नगरपालिकाका सामाजिक विकास शाखा संयोजक एवम् वडा नम्बर १ अध्यक्ष तथा कार्यवाहक नगरप्रमुख दुर्गा प्रसाद तिमिल्सैनाले उद्घाटन गरेको कार्यक्रममा करिब ३०० जना विद्यार्थी तथा अभिभावकको उपस्थिती थियो ।

भेलामा बोल्दै प्रमुख अथिति दुर्गा प्रसाद तिमिल्सैनाले नगरपमाालिकाको तर्फबाट विद्यालयको उन्नती, प्रगती र समृद्धिका लागि नगरपालिका सदैव काम गर्दै आएको बताउँदै अगामी दिनमा समेत विद्यालयलार्य नमुना विद्यालयको रुपमा विकास गर्न पहल गर्ने बताए ।
कार्यक्रममा विद्यालयको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक तथा प्रगति प्रतिवेदन विद्यालयका सहायक प्रधानाध्यापक तथा लेखा समितिका सदस्य सचिव हिम्मत विकले प्रस्तुत गरेका थिए ।
महेन्द्र माध्यामिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्न विद्यालयले कार्य गरिएको कार्यक्रममा बोल्ने अथितिहरुले बताएका थिए । भेलामा पन्चदेवल विनायक नगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. ४ का वडा सदस्य बेला सिजापती बिष्ट, नगर शिक्षा महांसघका अध्यक्ष तथा अम्बिका माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र बिष्ट, अभिभावक तथा पूर्व शिक्षक छत्र बिष्ट, स्वर्गिय जगत बहादुर बिष्ट स्मिृती महेन्द्र माध्यामिक विद्यालयका संरक्षक दिपक विष्टले मन्तव्य राखेका थिए भने अभिभवक मोहन सिँह बिष्ट, रमेश बिष्ट, पुर्व विद्यार्थी तथा राष्ट्रिय खेलाडी रण वि.क, वडा स्तरीय बालक्लव संजालका अध्यक्ष जेनिशा बडुवाल र विद्यालय स्तरीय जुनियर रेडक्रस सोसाइटीका अध्यक्ष भुवन वि.क भेलाको अथितीको रुपमा उपस्थित रहेका थिए ।


विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बडुवालले भेलाम मन्तव्य राख्दै विद्यालयको शिक्षाको गुणस्तर, व्यवहारिक तथा समय सापेक्षा शिक्षालाई मध्यनजर गर्दै शैक्षिक गतिविधिहरु संचालन हुने गरेको बताए भने सामुदयिक विद्यालयको शिक्षालाई माग अनुसार र गुणस्तरीय बनाउन अभिभावक समेतले पनि त्यतिनै ध्यान दिन आवश्यक रहेको बताए ।
भेलाको समापन सत्रमा बोल्दै भेलाका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर बिष्टले शिक्षाको गुणस्तरले वृद्धि गर्न विद्यालय परिवार निरन्तर लागि रहेको बताउँदै विद्यार्थीहरुको समग्र शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, विद्यालय र परिवार तीन तहकै संयुक्त सहकार्य आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा शिक्षक, अभिवक, स्थानीय जनप्रतिनिधि, नगर शिक्षा समिति, संचारकर्मी, स्थानीयहरुको सहभागिता रहेको थियो भने विभिन्न स्थानीय सांस्कृतिक प्रस्तुतीहरु, शैक्षिक सत्र २०८० मा उत्कृष्ठ हुने विद्यार्थीहरु पुरस्कार वितरण गरिएको थियो भने सो भेला कार्यक्रम शिक्षक भुपेन्द्र बिष्टले सन्चालन गरेका थिए ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech