६ प्रश्नमा दिप प्रसाद ज्ञवाली

माधव कार्की

दिप प्रसाद ज्ञवाली
नायव सुब्बा, डुङ्गेश्वर गाउँपालिका, दैलेख

१. तपाँईको जीवन को आदर्श के हो ?
– मेरो काम र मेरै कारण कसैलाई पनि असहज नहोस् भनेर अगाडी बढ्नु नै मेरो जिवनको आदर्श रहेको छ ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– मलाई जन्म दिने मेरो आमाको प्रेरणाले गर्दा नै म यँहा सम्म आईपुगेको छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– सरकारी कर्मचारी भएकाले जनताका काममा कर्तब्यनिष्ठ भएर उनीहरुलाई सहयोग गर्ने गरेको छु । साथै सामाजिक कार्यमा पनि आफ्नो तन मनका साथ लागि परेको छु ।

४.तपाईको जिवनको अबिस्मरणिय क्षण के हो?
– द्धन्द्धबाट भएको पिडाले मनै भाबुक बनाउँछ । अहिले पनि ति क्षणहरु दिमागमा जिबित रुपमा रहेर अबिश्मरणिय क्षण भएर बसेका छन् ।

५.तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– सामान्य भाषामा भन्नु पर्दा बाटो बिराएकाहरुलाई सहि बाटो देखाउनु नै असल शासन हो ।

६. समजका लागि तपाईको प्रतिबद्धता के छ ?
– आफ्नो जागिरकै दौरान होस या त रिटायर जिन्दगि होस समाजका नागरिकहरु जहाँ दुख देख्छु त्यँहा सहयोगका साथै समन्य गर्ने प्रतिबद्धता गर्दछु ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech