काँदिवलीमा तहल्का मच्चाउने भए गायक पुश्कल शर्माले

ललिता मलाती

भारत / भारतको मुम्बई स्थित कांदिवलीमा हुने सांस्कृतिक महोत्सवमा गायक पुष्कल शर्माले तहल्का मच्चाउने भएका छन् ।

ओम साई सहकारी संस्थाद्वारा भारतको मुम्बई महाराष्ट्रमा आयोजना गर्न लागिएको दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा गायक शर्माले तहल्का मच्चाउने भएका हुन ।

भारताको मुम्बई महाराष्ट्रमा बसोबास गर्दै आएका समस्त प्रवासी नेपाली आमा बुवा दाजु भाई तथा दीदी बहिनीहरूलाई शुभकामना आदान प्रदान तथा मनोरन्जन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको साँगितिक कार्यक्रमको प्रमुख आकर्षकको रुपमा राष्ट्रिय स्तरका लोक गायक शर्मा र साथमा चर्चित गायिका लालुमाया कुँवर पनि रहने आयोजक समितिका सदस्य प्रेम मयालले जानकारी गराए ।

यही अक्टोबर २० तारिक आइतबारका दिन मुम्बई कांदिवलीको बैष्णव बैंक्वेट हलमा (काँदिवली स्टेशनबाट ३ मिनेटको पैदल यात्रा) दिउँसो २ बजेदेखि रातीको ८ बजेसम्म सञ्चानल हुने आयोजक समितिले जानकारी गराएका छन् ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech