नेपालगन्जमा प्रादेशिक महोत्सव हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आगामी पुस ४ गतेदेखि १६ गतेसम्म प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी दिएको हो । संघका अध्यक्ष टंकबहादुर धामीले पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी, कर्णाली र शुदुपश्चिम प्रदेशभरीका सम्पुर्ण उद्योगी, व्यवसायीहरुलाइ एउटै स्थानमा समेटेर महोत्सवको आयोजना गर्ने बताए ।

महोत्सवबाट औद्योगिक एवं व्यवसायीक क्षेत्रमा नविन उर्जा थप्ने र आर्थिक क्षेत्रमा ठुलो योगदान पुग्ने लक्ष लिएको उन्को भनाइ थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदो स्थित सडक डिभिजन कार्यालय परिसरमा आयोजना हुने महोत्सवमा बिभिन्न औद्योगिक एवं व्यपारिक प्रतिष्ठानहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गरी ३०० बढी स्टलहरु रहने संघले जनाएको छ ।

 

 

  • ५ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech