शिक्षकलाई अभिमुखिकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बर्दियाका प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखीकरण गराइएको छ ।

विभिन्न विपद्ले समेत शैक्षिक स्तरलाई कमजोर बनाउने भएको हुँदा बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज नै तयार गर्ने गरि २ दिन सम्म विभिन्न पालिकाका शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो ।

बृहत विद्यालय सुरक्षा फ्रेमवर्क, विद्यालय सुरक्षा न्युनतम प्याकेज, न्युनतम प्याकेज कार्यान्वयन कार्यविधिं र स्थानीय तह तथा विद्यालयको योजनामा सहयोग पुर्याउन सक्षम बनाउँने गरि शिक्षक तथा प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गराइएको हो ।

आइतबार देखी शुरु भएको उक्त अभिमुखीकरण कार्यशाला सोमबार समापन भएको छ । भेरी वातावरणिय विशिष्टता समुह(वि गु्रप) को अयोजना, प्लान इन्टरनेशनल नेपालको सहयोग र शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा अभुमुखिकरण कार्यक्रममा सम्पन्न गरिएको भेरी वातावरणीय विशिष्टता समुह (विग्रुप) का कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ बर्दिया प्रमुख सुर्य खत्री विद्यालयहरु शैक्षिक स्तर संग संगै संरचनागत सुधारको आवश्यकता रहेको बताए ।

तालिमका सहजकर्ता एवं पुर्व योजना आयोगका सदस्य शिक्षा बिद जित बहादुर शाहले अभिमुखीकरणमा सिकेका कुराहरु आफना अफना विद्यालयमा लागु गर्ने सुझाव दिए ।

विद्यालयले निर्वाह गर्नुपर्ने न्युनतम भुमिका, विपद पहिले नै अपनाउनु पर्ने सावधानी, विद्यार्थी र शिक्षक बिचको शैक्षिक सम्बन्ध लगायत थुप्रै विषयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखिकरण दिईएक्कछ ।

बालविवाह न्युनिकरण परियोजना अन्तर्गत संचालन भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै परियोजना प्रबन्धक भानु लिम्बुले विभिन्न विपद्ले देशका थुप्रै विद्यालयहरुलाई नोक्सान गराएको जानकारी गराए ।

२०७२ सालका भुकम्पकले धेरै विद्यालयहरुमा अध्ययन अध्यापन गराउने गाह्रो भएकोले विद्यालय सुरक्षा न्युनतम प्याकेज बारे शिक्षकलाई अभिमुखिकरण गराएको हो ।

प्लान ईन्टरनेशनल नेपालका वालबिवाह न्युनिकरण परियोजना प्रबन्धक मानबिर विश्वकर्माले प्लान नेपालले नेपालको २ वटा जिल्ला बर्दिया र धनुषामा बालबिवाह न्यूनीकरण गर्न परियोजनाले कार्य गरि रहेको जानकारी गराए ।

वालबिवाह न्युनिकरण गर्नुको साथसाथै बिधालयहरुको शिक्षाको स्तरलाइ गुणस्तरिय बनाउनका लागि समेत परियोजनाले काम गरिरहेको विश्वकर्माले बताए ।

२ दिन सम्म संचालन गरिएको अभिमुखीकरणमा परियोजनाको कार्यक्षेत्र अनुसार जिल्लाको मधुवन नगरपालिका, गेरुवा गााउपालिका, ठाकुरबाबा, र बारबार्दिया नगरपालीकाका बिधालयमा अध्ययन गराई रहनु भएका २० जना प्राधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech