मन्दिरमै महिला पुजारी मृत ! आत्महत्या कि हत्या !

असल शासन प्रतिनिधि

सुर्खेत/ सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरमा एक महिला मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा सोही मन्दिरका पुजारी वीरेन्द्रनगर नगरपालिका–११ बस्ने रुद्रबहादुर राजीकी श्रीमती अन्दाजी वर्ष ५१ की सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी मन्दिरको मुल ढोकाको भित्रपट्टि रहेको फलामकाे हत्कडीमा झुण्डिएकोमा अवस्थामा आज (बुधवार) बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु । हामीलाई घटनाको जानकारी बिहान ५ बजेतिर आएको थियाे । घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद देखिएको छैन् । तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ।,’ उपरीक्षक खड्काले भने, ‘बाँकी अनुसन्धान हुँदैछ । अनुसन्धानबाट घटनाको बारेमा थप जानकारी आउला ।’ तथापी आम नागरिकहरुले सो घटनालाई हत्याको आशँका गरेका छन् ।

उनका अनुसार प्रहरीले शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा पठाउने तयारी गरेको छ ।

प्रहरी उपरीक्षक खड्काका अनुसार सरस्वती मन्दिरको पुजारीसमेत रहेको खुलेको छ । पुजारी नै मृत अवस्थामा भेटिएपछि आज बिहानैदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य अस्थायी रूपमा रोकिएको छ ।

  • २८ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech