माघ महिना भित्रमा जुङगेश्वर महादेवको मन्दिर बन्ने

रबिन्द्र बोहरा

नेपालगन्जको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरमा लामो समयदेखि निर्माणधिन अवस्थामा रहेको जुङगेश्वर महादेवको मन्दिर यही माघ मसान्त भित्र बन्ने गरी काम भईरहेको बताइएको छ । नेपालगन्ज उमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जवाफ दिँदै नगरप्रमुख प्रशान्त विष्टले उक्त कुरा बताएका हुन् । बास नेपालको सहजिकरणम विहिबार नेपालगन्जको सिएसटि होटेलमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा विष्टले मन्दिर निमार्णको कार्य अन्तिम चरणमा पुगेकोले अवको २ महिना भित्रमा उक्त मन्दिर निमार्ण कार्य पूरा हुने बताएका हुन् ।

२०० बढि सहभागिता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागितहरुले ट्रफिक लाइट लामो समयदेखि संचालनमा नआएको, इरिक्सा व्यवस्थापन हुन नसकेको, स्थानीय सडकरुहरु मर्मत हुन नसकेको, बसपार्क व्यवस्थापन हुन नसकेको, सामुदायिक विद्यालयहरुले विभिन्न नाममा शुल्क लिने गरेको, लागु औषध दुव्र्यसनीको समस्या दिनानुदिन बढ्दै गएको, वडा नं. १७ को वडा कार्यालय र विद्यालय एउटै स्थानमा भई व्यवस्थापन हुन नसकेको, फोहर व्यवस्थापन हुन नसकेको जस्ता प्रश्न र जिज्ञासाहरु राखेका थिए ।


सहभागिहरुबाट आएका प्रश्नको जवाफ नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगातएले दिएका थिए ।


कार्यक्रममा सहभागीहरुका सवालका आधारमा ८ बुँदे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक वर्षको असार २२ गते सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएका ७ वटा प्रतिबद्धताहरु मध्ये ६ वटा प्रतिबद्धताहरु कार्यान्वयन भईसकोको प्रतिवेदन सहितको विवरण प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले प्रस्तुत गरेका थिए भने बास नेपालका उपाध्यक्ष शिवकुमार वर्माले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।


बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नगरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए ।

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech