नेपालगञ्ज, मंसिर ४ । संविधान सभा सदस्य हाजी अब्दुल हमीद सिद्दिकी (भाेला) काे निधनकाे शाेकमा आज नेपालगञ्ज उपमहानगरपालिकाले आधा दिनकाे सार्वजनिक विदा दिएकाे छ ।
नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाकाे कार्यालय तथा नेपालगञ्ज उप-महानगरपालिकाका २३ वटै वडामा अत्यावश्यक सेवाहरु बाहेक अन्य सम्पूर्ण सेवाहरु एक बजेदेखी बन्द रहने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सार्वजनिक सूचनामार्फत् जानकारी गराएका छन् ।
नेपालगञ्ज उप-महानगरपालिकाले सिद्दिकीको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
सिद्दिकी२०७० सालमा बाँके जिल्लाबाट संविधान सभा सदस्य भएका थिए । नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गिय सुशील काेईरालाकाे जीवनशैलीबाट प्रेरित सिद्दिकी अत्यन्त सादा जीवनका नेता थिए ।
नेपाली काँग्रेसका नेता संविधान सभा सदस्य अब्दुल हमीद सिद्दिकीको असामयिक निधनको खबरले उहाँका सहकर्मी र चिन्ने जान्ने नेता तथा सामाजिक व्यक्तित्वहरुले सामाजिक सञ्जाल मार्फत् सादगी जीवनशैली, स्पष्ट वक्ता गुमाएकाेमा दु:ख व्यक्त गरेका छन् ।
सिद्दिकीको नेपालगञ्ज शिक्षण अस्पताल (नर्सिङ हाेम)मा हिजाे राती करिब ११बजेतिर ६० वर्षकाे उमेरमा निधन भएको हो ।
सिद्दिकीकाे एक श्रीमती र एक विवाहित छाेरी रहेका छन् । सिद्दिकीको आज ४ बजे स्थानिय कब्रिस्तानमा अन्त्येष्टि गरिने पारिवारले जनाइएको छ ।