नेपालगन्ज । सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताकालागि आआफ्नो तर्फबाट काम गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ ।
युएसएआईडि/द एसिया फाउण्डेसन द्धारा सञ्चालीत नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइस नेपालगन्जले सामाजिक सद्भावका लागिसँगै परियोजना अन्तरगत आज नेपालगन्जमा गरेको सरोकारवालाहरु बिचको गोलमेच बैठकका सहभागिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।
धार्मिक सद्भावका सवालमा सरोकारवालाहरु बिच भएको छलफल पश्चात धार्मिक सद्भावका बिषयमा सबै धर्मलाई सम्मान (हामी सबै भाईभाई) को सन्देस प्रवाहकालागि सक्रिय रहने, सामाजिक सद्भावमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण हुने भएकाले सामाजिक सद्भाव झल्किने सन्देस सामाजिक सञ्जाल मार्फत बाहिर ल्याउने, सद्भावका बिषयमा अभिभावक सचेतनाकालागि आ आफ्नो तर्फबाट काम गर्ने, धार्मिक क्षेत्रलाई अपांगता मैत्री बनाउन पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
कार्यक्रममा बोल्दै बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले धार्मिक सद्भावले समाज र राष्टलाई बलियो बनाउने भन्दै सबैले आ आफ्नो तर्फबाट धार्मिक सद्भावमा काम गर्न अनुरोध गरे । एकअर्का बिचको सम्मानले धार्मिक सहिष्णुता कायम हुने उनको भनाई थियो । उनले बागेश्वरी मन्दिरलाई धार्मिक सद्भावको नमुनाको रुपमा बनाउन लागि पर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा बोल्दै मुस्लिम अगुवा जियाउल मुस्तफा ले हरेक धर्मले सम्मान र ईमानदार बन्न सिकाएको बताए । यसैगरी बौद्ध धर्मका धर्मगुरु गुन बहादुर लामाले बौद्ध धर्मले सबै धर्मलाई सम्मान गर्दै आएको छ । धार्मिक सहिष्णुतामा संगै रहेको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मी, २१ का अध्यक्ष राज कुमार शाहु, नेपालगन्ज उपमहानगरपालिकाका उप सचिब तथा युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापा, प्रहरी निरिक्षक शिवा थापा लगायतले बोलेका थिए ।
गालमेच बैठकको खुल्ला सत्रमा सहभागि युवाहरुले आ आफ्ना धारणाहरु राखेका थिए । गोलमेच बैठकको उद्धेश्य तथा बैठकको खुल्ला छलफलको सहजिकरण नाइसका अध्यक्ष हेमराज भट्टले गरेका थिए । नाइसका सहजकर्ता तपेन्द्र बहादुर मलातीले सहजिकरण गरेको कार्यक्रममा स्वागत नाइसका उपाध्यक्ष शोभा थापा मगरले गरेका थिए । बैठकमा जनप्रतिनिधि, धर्मगुरु, सुरक्षा निकाय र युवाहरु गरी ३५ जनाको सहभागिता रहेको थियो ।