सुचना प्रवाह र संचार पहुँच बिषयक अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / सुचना प्रवाह र संचार पहुँच विषयक सरोकारवालाहरु बिच एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको भएको छ ।

सञ्चार पहुँच र संलग्नता कार्यक्रम अन्तर्गत बास नेपालले सोमवार प्रदेश राजधानी भालुबाङको होटेल पौवामा आयोजना गरेको उक्त अन्र्तक्रिया कार्यक्रममा सरोकारवाला निकायहरु बिच प्रदेश सरकारले गरेका कामहरुलाई कसरी जनताहरु बिच पुरयाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

लुम्बिनी प्रदेशका १२ वटै मन्त्रालयका सुचना अधिकारीहरु र सञ्चार कर्मीहरु बिच गरिएको अन्र्तक्रिया कार्यक्रममा सुचना प्रवाह प्रभावकारी हुन नसक्नुको कारणहरुका बारेमा बृहत रुपमा छलफल गरिएको थियो भने मन्त्रालयको तर्फ बाट लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका उप सचिव नोद नाथ चौधरी, उपसचिव तथा मुख्य मन्त्री कार्यालयका सुचना अधिकारी मोहन अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी गंगाधार पाण्डे सञ्चार माध्यामको तर्फबाट पत्रकार रुद्र सुबेदी, रेडियो हाईवेकी पत्रकार लिला शाह लगायतका पत्रकारहरुले सरकार र सञ्चार माध्याका राम्रा र नराम्रा कुराहरुका बारेमा एक आपसमा छलफल गरेका थिए ।

प्रदेश सरकारले प्रवाह गर्ने गतिबिधिहरुलाई नागरिकहरु माझ कसरी पु¥याउन सकिन्छ ? सुचना प्रभाह गर्दाको समस्याहरुको के के हुन? भन्ने कुरामा अधारित रही गरिएको अन्तक्रियामा सुचना प्रभाहलाई सहज र सरल बनाउन सञ्चारकर्मीहरु सरकारको सम्बन्ध लाई बिश्वषनिय बनाउन जरुरी रहेको निष्कर्ष निकालिएको थियो ।

झण्डै ३ घण्टा सम्म चलेको अन्र्तक्रिया कार्यक्रममा ३५ जनाको सहभागीता रहेको थियो भने कार्यक्रम सहजकिरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • १४ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech