अध्यक्ष बलीराम थारुले गरे कुमाँईलाई भब्य सम्मान

स्वर्गीय श्रीमतीको सम्झनामा कुमाँईले गरे आर्थिक सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ७ राधाकृष्ण टोलका जेष्ठ नागरिक रातो कुमाँईले टोल बिकास संस्थालाई आर्थिक सहयोग गरेका छन् ।

बास नेपाल डेउढाकला ईकाई समिति र राधाकृष्ण टोल बिकास समितिको सयुक्त आयोजनामा शनिबार गरिएको एक कार्यक्रममा कुमाँईले आफ्नो स्वर्गीय श्रीमती ओईली कुमाँईको सम्झनामा दस हजार एक सय पाँच रुपैया सहयोग गरेका हुन् ।
स्थानिय सरकार द्धारा भर्खरै मात्र नबनिर्मित राधाकृष्ण मन्दिरको प्राङ्गणमा बनेको मन्दिरको भवनमा बिद्युत जडान देखी अन्य आबश्यक सामाग्री ब्यवस्थापन गर्न टोल बिकास समिति र बास नेपाल डेउढाकला ईकाई समितिले बिभिन्न प्रयासहरु गरिरहेकै बेला कुमाँईले आफुले यसका लगि सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा हाल सम्मा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राधा कृष्णा मन्दिरलाई सहयोग पु¥याउने हरीलाल भट्टराई, डिल्ली बहादुर डाँगी लगायत सम्पुर्ण ब्यक्तिलाई धन्यवाद सहित सहयोग दाता रातो कुमाँईलाई प्रमाण पत्र र खादा सहित भब्य रुपमा सम्मान गरिएको थियो ।

सम्मान पश्चात कार्यक्रममा बोल्दै रातो कुमाँईले २०८० जेठ २ गते स्वर्गवास भएकी आफ्नी धर्मपत्नि ओईलीको सम्झनामा आफुले सहयोग गरेको र आजको यो सम्मान बाट आफु निकै हर्षबिभोर भएको बताए । साथै उनले सम्मान गर्ने टोल बिकास समित, बास नेपाल सबैलाई धन्यवाद दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बाँसगढी नगरपालिकाका वडा नं ७ का अध्यक्ष बलीराम थारुले सहयोग दाता कुमाँईलाई धन्यबाद दिदै मन्दिरको थप ब्यवस्थापन गर्न आफु लागि पर्ने बताए । वडामा रहेका सबै टोल बिकास समितिहरुको समाज तथा टोल बिकासका साथै समग्र वडाकै बिकास निर्माणमा महत्वपुर्ण भुमिका रहने भएकाले र आफुले सबै टोल बिकास समितिले समान तरिकाले हेर्नुपर्ने हुन्छ तर पनि राधा कृष्ण टोल बिकास समितिले कुनै समस्या ल्याएर आए आफुले सहयोग गर्ने बताए ।

उक्त सम्मान कार्यक्रममा अतिथि बिष्णु कुमार रावत, हरिलाल भटराई, नन्दादेबी बजगाँई लगायतले धन्यबाद सहितको आफ्ना भनाई राखेका थिए ।
राधाकृष्ण टोलबिकास समितिका अध्यक्ष तथा बास नेपाल डेउढाकला ईकाई समितिका अध्यक्ष समेत रहेकी बिष्णुदेबी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञचालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

  • १६ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech