नेपालगन्ज/ भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको व्यापक तयारी भईरहेको छ ।
भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सम्पन्न हुने भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको तयारी भईरहेको हो ।
डिसेम्वर ९ (मंसिर २४ गते) नेपालगन्जमा हुने नेपालगञ्ज वाकाथनको तयारीका क्रममा आज नेपालगञ्जमा समन्वय बैठक सम्पन्न भएको हो ।
बिगत चार बर्ष देखि भईरहेको वाकाथन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुँदैछ ।
बास नेपालमा सम्पन्न बैठकमा उपस्थित बिभिन्न गैससका प्रमुखहरुले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा कार्यक्रम सफल पार्नका लागि प्रतिबद्धता व्यक्त गर्नेहरुमा सामाजिक बिकास मञ्चका बृजेश ठाकुर, युवा घरकी उपाध्यक्ष बसन्ती रोकाय, दिदि बहिनी समाज बाँकेकी अध्यक्ष रमादेबि शाह, नाईस नेपालगञ्जका सचिव कमल शाही, नुड्स बाँकेका अध्यक्ष लोक बहादुर परियार, केश नेपालका अध्यक्ष लोग बहादुर परियार, निलसागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, उपाध्यक्ष नारायण सुबेदी, आईएचआरसिका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, दैलेखी समाजका अध्यक्ष पूर्णदेब गिरी, माईती नेपालकी पुष्पा सुनार, दलित महिला संघकी ज्ञानु श्वर्णकार, द्धन्द्ध पीडित एकल महिला सञ्जाल बाँकेकी उषा आचार्य, बेहलिया चिडिमार समाज बाँकेका अध्यक्ष रामु चिडिमार, सुस्तमनस्थिती अभिभावक संघकी कमला पौडे, सिसिएनका भिम बहादुर सार्की, नेपालगञ्ज साईकल संघका कबिराम बुढाथोकी, बाँके युनेस्को क्लबका गुलाम गौश, रेष्टका गणेश भट्राई लगायत रहेका छन् ।
जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेको कार्यक्रममा वाकाथन कार्यक्रमको उद्धेश्य माथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए भने बैठकको समापन बास नेपालका उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने नेपालगन्ज वाकाथन सफल पार्न बास नेपालले आह्वान गरेको छ ।
वाकाथन मंसिर २४ गते बिहान ७.०० बजे नेपालगन्जको गणेशमान चौकबाट शुरु भई चारबाहिनि, सदरलाईन हुँदै नेपालगञ्जको बीपि चौकमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन लगायतका गतिविधिहरु हुने छन् ।
कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमको रुपमा सफल पार्न आयोजकले सबैलाई आग्रह गरेकोे छ ।
कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेको छ ।
चौथो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ ।
पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।
पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए ।
दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो ।
तेश्रो बर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझिमा गएर समापन भएको थियो ।
यसैगरी मंसिर २४ गते बास नेपालले बासको २४ औं बार्षिकोत्सव मनाईने भएको छ । दिउसो १२ बजे सिएसटि होटल एण्ड पार्टी प्यालेसमा एक समारोहको आयोजना गरि बार्षिकोत्सव मनाईनेछ ।