नेपालगञ्ज / राप्तीसोनारी गाँउपालिका वडा नम्बर ३ मा अबस्थित पबित्र धार्मिक स्थल भुवर भवानी मन्दिरको सरसफाई गरिएको छ ।
बास नेपाल राप्ती सोनारी उपशाखाले आज आयोजना गरिएको मन्दिर सरसफाई कार्यक्रममा स्थानिय जनप्रतिनिधहरुको सक्रिय सहभागिताका साथ सरसफाई गरिएको हो ।
सुशासनको क्षेत्रमा काम गर्दै आएको बास नेपाल राप्ती सोनाी उपशाखाले यो पटक स्थानिय स्तरमा रहेको निकै चर्चित धार्मिक स्थलको परिसरमा रहेको फोहोरको ब्यवस्थापन गरि मन्दिर परिसरलाई सफा राख्ने उद्धेश्यले सरसफाई अभियान कार्यक्रमको आयोजना गरेको उपशाखा अध्यक्ष तारा वलीले बताईन् ।
उपशाखाका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीहरु सहित वडा ३ का अध्यक्ष मिन कुमार थारु, वडा सदस्य सुमित्रा थारु, भुवर भवानी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राम कुमार थारु र अन्य सामाजिक ब्यक्तित्वहरुको उपस्थितिमा सरसफाई गरिएको थियो ।
उपशाखाले सरसफाई सँगै फोहोर ब्यवस्थापन गर्न फोहर मलाई लेखिएका ५ वटा बाल्टिनहरु मन्दिरलाई प्रदान गरेको छ । जसमा मन्दिर दर्शन गर्न आएका भक्तालुजनहरुले फोहोर यत्रतत्र नाफालेलर सोही फोहोर मलाई लेखिएका बाल्टिनमा फोहोर फाल्ने छन् ।
वडा नम्बर ३ मा रहेको उक्त मन्दिरमा धेरै टाढा टाढा बाट दिनहुँ भक्तालुजनहरु आएर पुजा गर्ने गरिए पनि माघे संक्रान्तीमा भने ठुलो मेला लाग्ने गर्दछ ।