बर्दिया/ बर्दियामा सञ्चालन गरिएको विवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि ग्रुप बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर २ का अध्यक्ष रामफेन थारुले बताउनुभयो ।
बारबर्दिया नगरपालीका वडा नं २ का वडा अध्यक्ष थारुको अध्यक्षतामा सम्पन्न भएको वालविाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमल्सेनाले बर्दियालाई वालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो । यसका लागी लुम्विनी प्रदेशले बिभिन्न खालका कार्ययोजना बनाएको बताउदै बिद्यालयको गुणस्तरिय शिक्षा मार्फत मात्र सम्भव हुने बताउनु भयो । यस अभियानमा हातेमालो गर्ने प्लान इन्टरनेशनल नेपाल तथा यसका साझेदार सस्थालाई बिषेश धन्यबाद दिएका छन् ।
सो अवसरमा बारबर्दिया नगरपालीका उपप्रमुख रत्ना कुमारि पाण्डे, प्लान इन्टरनेशनल नेपाल कि क्षेत्रिय प्रबन्ध मिना पराजुली, बि ग्रूप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारलगायतले पनि बारबर्दिया नगरपालीका लाई वालविवाहमुक्त घोषणा गर्ने अभियानमा तिव्रता ल्याईएको बताउनुभयो ।
कार्यक्रममा वारबर्दिया नगरपालीकाका सम्पुर्ण जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । करिब ८०० सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण मोडल दिपा भण्डारी लाइभ प्रस्तुति रहेको थियो जसमा उहाँका नृत्यले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए।
वारबर्दिया नगरपालीका महिला तथा जेष्ठ नागरीक शाखाकी निरिक्षक लक्ष्मी पौडेल र प्लान इन्टरनेशनल नेपालकी क्षेत्रिय प्रबन्धक मिना पराजुलीले वालविवाहमुक्र घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी गराउनुभयो ।
प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि ग्रुप बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दिया लागायत बिभिन्न सामाजिक संघसस्था, तथा अभियानमा सक्रिय सहभागीता जनाउने लाई सम्मान गनुका साथै सो ऐतिहासिक घोषणाले बारबर्दिया नगरपालीकाको बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।