नेपालगन्ज / स्वयंसेवा र यसका उदाउँदा आयामहरुको बिषयमा ईन्स्पाईरिङ युथको ३२३ औं श्रखला आज सम्पन्न भएको छ ।
बास केन्द्रीय कार्यालयले साप्ताहीक रुपमा हरेक शुक्रबार गर्दै आएको ईन्स्पाईरिङ युथ कार्यक्रम अन्तरगत आजको श्रृखलामा ताओका एसिया प्रमुख छिएनरन गुरुले मुख्य बक्ताको रुपमा बोलेका थिए ।
बास नेपालका स्वयंसेवकहरु, कर्मचारीहरु र बिद्यार्थीहरु माझ स्वयंसेवाका बारेमा बिभिन्न उदाहरण दिदै गुरु छिएनरनले बोलेका थिए । एउटा मानिस धर्तिमा जन्म लिईसकेपछि उस्ले जिवनमा हरेक सामनाहरु लाई छिचोलेर अगाडी बढ्नुपर्ने बताउँदै बच्चा जन्मिने बित्तैकै रुनुका कारण बच्चाले अब मेरा दुखका दिन शुरु भए भनेर संकेत गरेको बताए । सहभागी युवाहरु लाई ईन्गित गर्दै ताओ छिएनरनले हामीले बच्चामा बाबू तिमि ठुलो भएपछि के बन्छौं भनेर सोध्दा भनेको कुरा ठुलो भएपछि जिवनमा लागु नभएको बताउँदै भबिश्यमा के बन्ने भन्ने कुरा उस्को सत्कर्ममा भर पर्ने बताए । “ताओ मतलब बाटो” बाटो दुई प्रकारको हुने बताउँदै हामीले कुन बाटो अपनाउने भन्ने कुरामा आफैमा भर पर्ने बताए । जिवनमा धुम्रपान,मध्यपान का साथै माछामासु यी तिन चिज छोड्ेमा असल ब्यक्ति बन्ने बताँउदै यि तिनै कुराले मानिसलाई हानी गर्ने बताए ।
आफु सोह्र बर्षको उमेर देखी ताओमा लागेको र बाईस बर्षको उमेर देखी घर छोडेको बताउँदै चिनियाँ नागरिक छिएनरनले एसियाका बिभिन्न देश लगायत नेपालका बिभिन्न जिल्लाहरुमा पुगेर त्यहाँका नागरिकहरु समक्ष प्रचन दिदै आएको बताए ।
केही शब्दहरु मात्र नेपाली बोल्ने ताओ छिएनरनले चाईनिजमा प्रबचन दिएका थिए भने ताओ काठमान्डौका प्रकाश भट्टाराईले नेपालीमा अनुबाद गरेका थिए ।
हरेका मानिसलाई जिउनका लागि आबश्यक पर्ने महत्वपुर्ण कुराहरुको बारेमा सहभागीहरु माझ प्रबचन दिएका छिएनरनले भोली नै निल सागर सेवा आश्रममा प्रबचन दिनेछन् ।
निल सागर सेवा आश्रमका अध्यक्ष सरिता खनाल तथा उपाध्यक्ष नारायण सुबेदी अमनको समन्वयमा ताओका एसिया प्रमुख छिएनरन, ताओका काठमान्डौका प्रकाश भटराई, सुबर्ण कुमार श्रेष्ठ, केशब भटराई र ताओ पोखराका आनन्द दाहाल समेतको उपस्थितिमा ईन्स्पाईरिङ युथ कार्यक्रम सञ्चालन गरिएको थियो ।