काठमाडौं/ बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालद्वारा क्लिन अप नेपाल सम्मानित भएको छ ।
२०८१ मंसिर २३ गते काठमाडौंमा सम्पन्न रोजगारदाता सम्मान कार्यक्रम सो संस्था सम्मानित भएको हो ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगार दिने संस्था तथा व्यवसायिहरुलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत क्लिन अप सम्मनित भएको हो ।
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले क्लिन अप नेपाललाई बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगार दिएर आत्मनिर्भरतामा योगदान दिएको भन्दै सम्मान गरेको हो । सम्मान कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले सम्मान ग्रहण गरेका थिए ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु पनि सामाजिक बिकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने विस्वास क्लिन अप नेपालले लिएको सो अवसरमा कार्यकारी निर्देशक लामिछानेले बताए ।
जसले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशी सम्बन्धी नीति बनाई सोही अनुरुप काम गर्दै आएको छ ।
संस्थाले फेव्रवरी २०२४ देखि बौद्धिक अपाङ्गता भएकी आयुस्मा मानन्धरलाई रोजगार दिदै आएको छ । सामाजिक बिकासको गतिविधीमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले विशेष योगदान दिन सक्छन् भन्ने गहिरो विश्वासको साथ संस्थाले काम गर्दै र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न अवसरमा जोड्दै आएको छ ।
लामिछानेले भने यो प्रतिष्ठित सम्मानले समावेशी कार्यस्थल सिर्जना गर्न र प्रदान गर्ने हाम्रो समर्पण र प्रतिबद्धतालाई थप उर्जा दिएको छ । आगामी दिनमा समेत अपाङ्गता भएका व्यक्तिहरुलाई थप रोजगारको अवसार श्रृजना गर्दै जाने छौं ।