नेपालगञ्ज / बाजुरा जिल्लाको बुढीनन्दा स्वास्थ चौकी जसलाइ प्राथमिक स्वास्थ्य चौकी पनि भनिन्छ । आज उक्त कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुको पहलले एक सुत्केरी आमाको ज्यान बच्न सफल भएको छ । स्वास्थ्यकर्मी अनिता थापाले मेहनत गरि आमाको उपचारमा सक्रिय हुनुले नै आज आमाको ज्यान बच्न सफल भएको खबर छ ।
हुम्ला जिल्ला ताजाकोट वडा नम्बर ३ की २२ बर्षिय मर्मा सर्कीलाई ३ दिन अगाडि नै स्वास्थ चौकिमा कार्यरत अनिता थापाले चेकअप गरि भिडियो एक्सरे गरेर बच्चा उल्टो छ टाउकोमा पानी जमेर ठुलो छ भनेर परामर्श गरि रिफर कागज बनाएर सुर्खेत जानु भनेकी थिइन । त्यति भन्दा पनि उहाँले नमानेर घरमा गएर बस्नुभएको रहेछ । गरिबी र यातायातको समस्याको अभाबको कारणले उहाँ सुर्खेत जान नसक्नु नै बाध्यता थियो ।
२८ गतेको राति ३ बजे ब्यथा लागेर अस्पताल आउँदा बिरामीको अवस्था नाजुक भैसकेको थियो । छिटोछिटो हुम्ला बाट बाजुराको कोल्टि अस्पतालमा पु¥याउँदा बिरामीको अबस्था नाजुक भएकाले स्वास्थ कर्मी आत्तिए । तर हिम्मत नहारेर उपचारमा लागिरहे । अन्तमा बच्चाको टाउकाको हड्डीलाई काटेर भित्रको पानी निकालेर आमालाई बचाउन सफल भए । बिडम्बना ठूलो अस्पताल नहुनु र गरीबिको कारण बाजुरामा यस्ता कयौं घटनाहरु घटिरहेकाछन । सरकार भ्यु टावर र रेल बनाउने कुरामा ठुला ठुला भाषण दिनमा ब्यस्त छ ।