रामचन्द्रले खोले – नेपालगन्ज न्युरोडमा `होटल शुभ´

असल शासन प्रतिनिधि

पोख्रेलकि आमा दुर्गा देवी पोख्रेल र नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका महासचिव भिम बहादुर राना भाटले होटलको आईतवार उद्घाटन गरे।

लामो समयदेखि सामाजिक कार्यसङ्गै होटल व्यावसाय गर्दै आएका रामचन्द्र पोखरेलले नयाँ होटल स्थापना गरेका हुन् ।

न्यूरोडमै होटल अन्नपूर्ण प्लाजा एक दशक देखि संचालन गर्दै आएका उनले नयाँ होटल मा थपेको बताउँदै निकट भविष्यमा तारे होटल संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए ।

करोडभन्दा वढी लगानीमा निर्माण भएको उक्त `होटल शुभ´मा २३ कोठा, मिटिङ हल, रुपटप क्याफे म्युजिक एरिया सहित चिसो, तातो एसि लगायतका कोठाहरु रहेको पोख्रेलले बताए ।

उद्घाटन कार्यक्रममा प्युठानी युवा समाजका अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य  बिष्णु श्रेष्ठ, प्युठानी युवा समाजका उपाध्यक्ष लक्ष्मण पन्थी, प्युठानी युवा समाजका सचिव रोशन केसी,  हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतको उपस्थिति थियो ।

  • ३० मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech