फेडोले दियो बाख्रा उपहार

असल शासन प्रतिनिधि

बाँके/ बाँके जिल्लामा क्रियाशिल दलित महिला संघ (फेडो) बाँकेले डुडुवा गाउँपालिकाका दलित तथा सिमान्तकृत महिलाहरुलाई बाख्रा उपहार दिएको छ ।

आयआर्जन गरि जिविकोपार्जनमा सहायता पुगोस् भन्ने उद्धेश्यले डुडुवा गाउँपालिकामा रहेका तीन समूहमा आबद्ध ७३ जनालाई २२२ वटा बाख्रा, बोका उपहार दिएको हो ।

संस्थाकी अध्यक्ष निर्मला सुनारका अनुसार, गिफ्ट परियोजना अन्र्तगत डुडुवा गाउँपालिकाका तीन समूहमा आबद्ध सदस्यहरुलाई सो सहयोग प्रदान गरिएको हो । उनका अनुसार डुडुवा गाउँपालिका वडानम्वर ६ पहाडियनपुर्वा गाउँमा रहेको बुधनाथ बाबा महिला समूहका २५ जना सदस्यहरुलाई ३ वटाका दरले ७५ वटा बाख्रा र १ बेलन बोका गरि ७६ वटा बाख्रा बितरण गरिएको छ भने खोर बनाउनका लागि प्रतिव्यक्ति १० हजार प्रदान गरिएको छ ।

यसैगरी डुडुवा गाउँपालिका वडानम्वर १ खडैंचामा रहेको शिबशक्ति महिला समूहका २३ जना सदस्यहरुलाई ३ वटाका दरले ६९ वटा बाख्रा र १ बेलन बोका गरि ७० वटा बाख्रा बितरण गरिएको छ भने खोर बनाउनका लागि प्रतिव्यक्ति १० हजार प्रदान गरिएको छ । यसैगरी डुडुवा गाउँपालिका वडानम्वर १ पिप्रहवा गाउँमा रहेको सरस्वती महिला समूहका २५ जना सदस्यहरुलाई ३ वटाका दरले ७५ वटा बाख्रा र १ बेलन बोका गरि ७६ वटा बाख्रा बितरण गरिएको छ भने खोर बनाउनका लागि प्रति व्यक्ति १० हजार प्रदान गरिएको छ ।

कार्यक्रम संयोजक दिलिशा गौतमका अनुसार, सहयोग गर्नका लागि समूह र समूहका सदस्यहरुको छनौट गरि ७३ जनालाई २ दिने बाख्रा पालन सम्बन्धि तालिम प्रदान गर्नुका साथै ७३ जनालाई बाख्रा खोर बनाउनका लागि सहयोग रु. ७३ जनालाई १० हजारका दरले ७ लाख ३० हजार सहयोग गरिएको छ ।

बजार सर्भे, बाख्रा छनौट र खरिद कार्य गरि बाख्रा उनीहरुलाई प्रदान गरिएको थियो । बाख्रा खरिदमा २५ लाख २८ हजार ३ सय ६९ रुपैयाँ खर्च भएको सो संस्थाले जनाएको छ । बाख्राहरुको बिमा समेत गरेको सो संस्थाको भनाई रहेको छ ।

संस्थाले बाँके जिल्लाको डुडुवा, खजुरा, बैजनाथ गाउँपालिकामा दलित तथा सिमान्तकृत समुदायका महिलाहरुको स्रोत तथा सेवा प्रबाह पहुँच, मानब अधिकारलाई सुनिश्चित तथा बाधा अवरोध न्यूनीकरण परियोजना पहुँच सञ्चालन गरिरहेको छ ।

 

  • ३ पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech